राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा दुःख व्यक्त
बुधबार, ०२ साउन २०७५, १५ : ३८
काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पहिरोबाट पर्वत जिल्लाको जलजला गाउँपालिकामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले आज एक विज्ञप्तिमार्फत पहिरोबाट १७ वर्षीय विकास परियारको मृत्यु हुनुका साथै भीमलाल आचार्य, नारायणी आचार्य र तुलसीदेवी आचार्य गम्भीर घाइते हुनुभएको घटनाले आफूलाई मर्माहत र दुःखी बनाएको उल्लेख गरेका छन् ।
उनले यस दुःखद् घडीमा दिवंगत विकास परियारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन् । पहिरोका कारण जलजला गाउँपालिका–७ का पाँच घर पूर्ण क्षति भएको र १५ घरपरिवार विस्थापित भएका छन् ।
अध्यक्ष तिमिल्सिनाले घाइतेहरुको उपचार, पीडित परिवारलाई राहत तथा बसोबासको शीघ्र व्यवस्थापनमा तदारुकताका साथ लाग्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा