कुन राशि भएका व्यक्तिहरूले आज कस्तो रङ र अङ्क प्रयोग गर्ने ?
मेष राशि भएका व्यक्तिहरूका लागि आजको समय राम्रो रहेको छ । समयले साथ दिने हुँदा आज हुने न्यायिक निर्णयहरू तपाईंकै पक्षमा निर्णय हुनेछन् । प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नोकरीमा प्रवेशको योग रहेको छ । आजका लागि शुभ रङ प्रयोग गर्दै हुनुहुन्छ भने रातो रङको प्रयोग गर्नुहोला । आजका लागि शुभ अङ्क १ र ७ रहेको छ भने ॐ भालचन्द्राय नम : मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायी रहनेछ ।
वृष राशि भएका व्यक्तिहरूका लागि विद्या भावमा गोचर गर्ने चन्द्रमाले शिक्षा क्षेत्रमा लागनी गर्नुहोला, मनग्गे आम्दानी हुनेछ । पढाइ लेखाइमा अलि बढी मिहिनेत गर्नुहोला, नतिजा तपाईंको पोल्टामा पर्नेछ । आज सेतो रङको प्रयोग गर्नुहोला । आजका लागि शुभ अङ्क ३ र ६ रहेकोछ भने ॐ चित्तरूपाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायी रहनेछ ।
मिथुन राशि भएका व्यक्तिहरूका लागि चौथो स्थानमा गोचर गर्ने चन्द्रमाले घर जग्गा तथा सवारी साधनको कारोबार आजको दिन सन्तोषजनक आम्दानी हुनेछ । समाजमा जनताको काम गरी इज्जत, प्रतिष्ठा कमाउन सकिनेछ । आजका लागि शुभ रङ हरियो प्रयोग गर्नुहोला । ॐ घोररूपाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायी रहनेछ भने ३ र ९ अङ्कको प्रयोग गर्नुभयो भने आजको दिन शुभ रहनेछ ।
कर्कट राशि भएका व्यक्तिहरूका लागि तृतीय भावमा गोचर गर्ने चन्द्रमाले छोटो दूरीको रमाइलो यात्राको तय गर्नुहोला भरपुर मनोरञ्जनका साझ समय बित्नेछ । व्यापार तथा उद्योगमा लगानी बढाउनुहोला, मनग्गे आम्दानी हुनेछ । आजका लागि सेतो रङको प्रयोग गर्नुहोला । ॐ गिरिप्रियाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायी रहनेछ भने १ र ४ अङ्कको प्रयोगले आजको दिन शुभ रहनेछ ।
सिंह राशि भएका व्यक्तिहरूका लागि धन स्थानमा गोचर गर्ने चन्द्रमाले होटल तथा रेस्टुरेन्ट व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । थोरै बोलेर राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । आजका लागि रातो तथा प्याजी रङ प्रयोग गर्नुहोला । ॐ सहस्रपादाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायी रहनेछ भने २ र ५ अङ्कको प्रयोगले आजको दिन शुभ रहेको छ ।
कन्या राशि भएका व्यक्तिहरूका लागि पहिलो भावमा गोचर गर्ने चन्द्रमाले कन्फिडेन्टका साथ अगाडि बढ्नुहोला समय राम्रो रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । आजको लागि ॐ वृद्धमाताय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायी रहनेछ । हरियो रङको प्रयोग गर्नुहोला, ३ र ९ अङ्क प्रयोगले आजको दिन फलदायी रहनेछ ।
तुला राशि भएका व्यक्तिहरूका लागि खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले लामो दूरीको विदेश यात्राको तय गर्नुहोला समय राम्रो रहेको छ । पुराना गल्ती तथा कमजोरीका सजाय हुन सक्छ ध्यान दिनुहोला । आजको लागि ॐ बहुलप्रियाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायी रहनेछ । ३ र ७ अङ्कको प्रयोगले आजको दिन फलदायी रहनेछ ।
वृश्चिक राशि भएका व्यक्तिहरूका लागि आए भावमा गोचर गर्ने चन्द्रमाले प्राकृतिक तथा सरकारी साधन साधन स्रोतको भरपुर प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा सफलत हात पार्न सकिनेछ । आज कफी रङको प्रयोग गर्नुहोला । ॐ गजकर्णाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायी रहनेछ । ५ र ८ अङ्कको प्रयोगले आजको दिन फलदायी रहनेछ ।
धनु राशि भएका व्यक्तिहरूका लागि कर्म भावमा गोचर गर्ने चन्द्रमाले प्रयत्न गर्दा नयाँ काम पाउने तथा नोकरीमा राम्रो स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ । व्यापारमा लगानी गर्नका लागि आजको दिन उत्तम रहेकोे छ । प्याजी रङ प्रयोग गर्नुहोला । ॐ सदाशिवाय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायी रहनेछ । १ र ३ अङ्कको प्रयोगले आजको दिन फलदायी रहनेछ ।
मकर राशि भएका व्यक्तिहरूका लागि आजको समय राम्रो रहेको छ । भाग्य स्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ काम गरी नाम तथा दाम कमाउन सकिनेछ । व्यापारमा थोरै समय दिए पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । निलो रङ प्रयोग गर्नुहोला । ॐ अनिश्वराय नम मन्त्रको प्रयोग गर्नाले आजको दिन फलदायी रहनेछ । १ र ७ अङ्कको प्रयोगले आजको दिन फलदायी रहनेछ ।
कुम्भ राशि भएका व्यक्तिहरूका लागि अष्टम भावमा गोचर गर्ने भन्द्रमाले शुभ फल प्राप्त हुनेछ । ऋण, रोग तथा सङ्कटबाट मुक्ति मिल्नेछ । पढाइ लेखाइमा अलि बढी समय दिनुभयो भने सफलता हात पार्न सनिकेछ । आफन्त तथा अग्रजबाट तपाईंले सुरु गर्नुभएको काममा सहयोग मिल्नेछ । ॐ वीरभद्राय नम मन्त्रको १०८ पल्ट प्रयोग गर्नाले आजको दिन फलदायी रहनेछ । खरानी रङको प्रयोग गर्नुहोला २ र ७ अङ्कको प्रयोगले आजको दिन फलदायी रहनेछ ।
मिन राशि भएका व्यक्तिहरूका लागि व्यापार भावमा गोचर गर्ने चन्द्रमाले व्यापारमा थोरै समय दिए पनि मनग्गे लाभ लिन सकिने समय रहेको छ । व्यापारकै सिलसिलामा यात्राको तय गर्नुहोला । समय राम्रो रहको छ भने आज साझेदारी व्यावसाय फस्टाएर जानेछ । सुन्तला रङको प्रयोग गर्नुहोला । ॐ त्रिलोकेशाय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायी हुनेछ । १ र ४ अङ्कको प्रयोगले आजको दिन फलदायी रहनेछ ।
तपाईंको दिन शुभ रहोस् ।
ज्यो. डीपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा