श्रमिकको समस्या समाधान गर्न महावाणिज्य दूतावास हङकङलाई ज्ञापनपत्र
शुक्रबार, ०४ साउन २०७५, ११ : २८
काठमाडौं– मकाउमा कार्यरत नेपाली श्रमिकको विषयमा नेपाल चेम्बर अफ कमर्स मकाउको एक प्रतिनिधिमण्डलले महावाणिज्य दुताबास हंगकंगलाई बिहिबार ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझ्दै महाबाणिज्यदुत कमल प्रसाद भट्टराईले नेपाली श्रमिकको सवाललाई गम्भीर चासोका साथ हेर्नुको साथै छिटै सरकारी तवरबाट मकाउ सरकारसंग छलफलमा जुट्ने प्रतिबद्धता जनाएका छन् ।
ज्ञापनपत्र बुझाउन चेम्बर अफ कमर्स मकाउका अध्यक्ष शुदर्शन थापा मगर, हेम तामाङ, सुमन कार्की, राजु राई र रविन कुमार नाल्बो पुगेका थिए ।
चीन सरकारको श्रमिक रणनिति अनुसार भारी मात्रामा बिदेशी कामदार कटौती गरी चीनियाँ नागरिकलाई नै रोजगार दिने लक्ष्यमा मकाउ सरकार अगाडी बढेपछि नेपाली श्रमिकपनि प्रभावित हुने भन्दै महावाणिज्य दूताबासमा ज्ञापनपत्र बुझाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर