शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डबल माया लाउँदै कमल र एलिशा

आइतबार, ०६ साउन २०७५, १३ : २८
आइतबार, ०६ साउन २०७५

काठमाडौं – चर्चित नेपाली पप गायक कमल के क्षेत्रीको नयाँ गीत डबल ‘मायाँ लाइदिउँला’बोलको गीत माथि बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको भिडियोमा क्षेत्री र एलिशा शर्माको अभिनय देख्न सकिन्छ । भिडियो डान्सिङ बिटमा तयार गरिएको छ ।

गीतमा शब्द संगीत विकास पाण्डेको छ भने एरेन्ज बाबु प्रधानले गरेका हुन् । पश्चिम नेपालको मौलिक भाकालाई संगीतकार पाण्डेले पश्चिमी शैलीमा फ्युजन गरेका हुन् । यसअघि क्षेत्रीले नाचन, आइ लभ यु भन्न सकिनँ, तिम्रै मायाँले जस्ता चर्चित गीत बजारमा ल्याइसकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप