दोहोरो अंकले घटेको सेयर बजारमा २१ करोडको कारोबार
आइतबार, ०६ साउन २०७५, १५ : ५७
काठमाडौं– साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
११.७३ अंकले घटेको बजारमा २१ करोड १२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्रि भएको छ ।
आजको कारोबरमा १६३ कम्पनी सामेल भए ।
फाइनान्स समुह बाहेक सबै समुहमा गिरावट आएको छ ।
फाइनान्स समुह २.९९ अंकले बढेको छ ।
सबैभन्दा बढी निर्जिबन बिमा तार्फ ११०.६ अंकको गिरावट आएको छ ।
यस्तै जिवन बिमा तर्फ ७०.२८ अंकको गिरावट आएको छ ।
होटल समुह ३४.५७ अंकले घट्दा माइक्रोफाइनान्स तर्फ ३२.९३ अंकको गिरावट छ ।
बैकिङ समुह, विकास बैंक समुह, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य समुह घटेको छ ।
बजार घट्दा सबैभन्दा बढी कारोबार भने एनसीसी बैंकको भएको छ ।
यो बैंकको एक करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
दोस्रोमा नयाँ नेपाल लघुवित्त बैंकको कारोबार भएको छ ।