शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बोटलर्स नेपाल आईक्यानको ‘वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७’ अवार्डद्वारा सम्मानित

आइतबार, ०६ साउन २०७५, २२ : ३८
आइतबार, ०६ साउन २०७५

काठमाडौं– इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान)ले बोटलर्स नेपाल लिमिटेडलाई “वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७” द्वारा सम्मान गरेको छ । साधारण क्षेत्र तर्फ उत्कृष्ट वार्षिक प्रतिवेदन २०१७ प्रस्तुत गरेकामा बोटलर्स नेपाल लिमिटेडलाई सम्मान गरिएको हो । बोटलर्स नेपाल लिमिटेड गत वर्ष दोश्रो रनर अप भएकोे थियो भने यो बर्ष पहिलो रनर अपको अवार्डद्वारा सम्मानित भएको छ ।  उक्त सम्मान बोटलर्स नेपालका फाइनान्स कन्टोलर अशोक मन्डल, प्रडक्ट म्यानेजर प्रकाश रुङगटा र प्रबन्ध निर्देशक पुनित भार्सनेले ग्रहण गरे । उक्त अवार्ड अर्थमन्त्री डा युवराज खतिवडाले प्रदान गरेका हुन् । 

बोटलर्स  नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित भार्सनेले सम्मान ग्रहण गर्दै भने ‘म बधाई दिन चाहन्छु सम्पूर्ण बोटलर्स नेपाल लिमिटेड परिवारलाई, जसको निरन्तर प्रयास र, समर्पणले  आज यो उपलब्धि प्राप्त भएको छ । यसरी हामीलाई हरेक वर्ष आइक्यानले दिएको सम्मानले भविष्यमा अझै राम्रो गर्ने हौशला प्रदान गरेको छ । यसले हामीलाई अझै खुल्ला र टास्पारेन्ट रुपमा कामगर्दै अगाडि बढ्न हौसला प्रदान गरेको छ । यो अवार्ड हाम्रा उपभोक्ता, पार्टनर्स, लगानीकर्ता, तथा अन्य सबै स्टेकहोल्डरहरुको सहयोगले मात्र संभव भएको हो । हामी भोलिका दिनमा अझ बढी उत्कृष्ट बनाउन लागिपर्ने छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप