शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उत्कृष्ट प्रहरीलाई महिनैपिच्छे पुरस्कार, चञ्चला र खुमलाल बने उत्कृष्ट इन्सपेक्टर

सोमबार, ०७ साउन २०७५, १७ : ४१
सोमबार, ०७ साउन २०७५

ललितपुर– महानगरीय प्रहरी परिसर ललितपुरले हरेक महिना तीन जना उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ । 
सिटिजन्स बैंक इन्टरनेशनलको प्रायोजनमा हरेक महिना तीन जना प्रहरी कर्मचारीलाई जनही २० हजार नगद सहित पुरस्कृत गरिने ललितपुर प्रहरी प्रमुख गणेश बहादुर ऐरले जानकारी दिएका छन् । सोमबार महानगरीय प्रहरी परिसरमा आयोजित कार्यक्रममका बीच सिटिजन्स बैंकका सिईओ राजनसिंह भण्डारी र प्रहरी बरिष्ठ उपरिक्षक गणेश बहादुर ऐरले पुरस्कार रकम प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका छन् । 
उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्नका लागि बैंकका सिईओ भण्डारीले ७ लाख २० हजारको चेक ललितपुर प्रहरीलाई हस्तान्तरण गरेका छन् । 
यसैबीच २०७४ चैत महिनामा उत्कृष्ट कार्य गरेको भन्दै ललितपुर प्रहरीले इन्सपेक्टरद्वय चञ्चला श्रेष्ठ र खुमलाल भुसालाई जनही २० हजार नगद सहित पुरस्कृत गरेको छ । 
महानगरी प्रहरी प्रभाग छम्पीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) भिम बहादुर तामाङलाई पनी २० हजार नगद सहित ललितपुर प्रहरी अवार्डबाट सम्मानित भएका छन् । 
पुरस्कृत हुने इन्सपेक्टर खुमलाल भुसालले असार ३१ गते ललितपुरको नख्खुबाट पक्राउ परेका हतियार कारोबारीको चेन तोड्दै थप दुई थान पेस्तोल नियन्त्रणमा लिन सफल भएका थिए । 
सम्झौता पत्रमा हस्ताक्षर तथा पुरस्कार वितरण समारोमा बोल्दै सिटिजन्स बैंकका सिईओ भण्डारीले प्रहरीको साथी बन्न ‘ललितपुर प्रहरी अवार्ड’का लागि आवश्यक रकम प्रायोजनको शुरुवात गरेको बताए ।
ललितपुर प्रहरी प्रमुख गणेश ऐरले राम्रो काम गर्ने जुनसुकै दर्जाका भएपनि उचित मुल्यांकन गरेर हरेक महिना पुरस्कृत गरिने बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप