शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘रेनो सर्भिस क्याम्प’ संचालन, नेपालका मुख्य शहरहरुमा यो सेवा लिन सकिने

सोमबार, ०७ साउन २०७५, १८ : ४८
सोमबार, ०७ साउन २०७५

काठमाडौं । रेनो नेपालको लागि आधिकारिक बितरक एड्भान्स अटो मोवाइल्स्ले ‘रेनो सर्भिस क्याम्प’ संचालनमा ल्याएको छ । श्रावन ६ गते सुरु क्यम्प श्रावन ८ गतेसम्म नेपालका बिभिन्न शहरहरुमा आयोजना हुनेछ ।

जसमा उपभोक्ताले आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउनेछन् । रेनोले यो सर्भिस क्याम्पको थिम ‘गिभ योर कार दी बेस्ट केयर’ राखेको छ । जसले ग्राहकलाई पूर्ण सन्तुष्ट हुनेगरी सेवा र सुबिधा दिने कम्पनीको विश्वास छ । 

यो सर्भिस क्याम्प नेपालका मुख्य शहरहरुमा बिर्तामोड झापा, बिराटनगर, नारायणगढ, बुटबल, भैरहवा र पोखरामा संचालन भएका छन् । यो सर्भिस क्याम्पमा सहभागि हुने ग्राहकले बिभिन्न छुटका सुविधाहरु पाउनेछन् ।

जसमा ग्राहकले निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जिएम रिफिलिङ निशुल्क, स्पेयर पार्टस्मा १० प्रतिशत छुट, निशुल्क भेइकल चेकअप, धुलाई र कोलेन निःशुल्क लिन सकने छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप