शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संसारका सबैभन्दा धेरै अर्बपती भएको देश

सोमबार, २८ साउन २०७५, ०९ : ४९
सोमबार, २८ साउन २०७५

बीबीसी

तपाईं कहिले अर्बपतीको सूचीमा समावेश हुनुहुन्छ ? यसको जवाफ एक रिपोर्टबाट पाउन सकिन्छ जसअनुसार जब तपाईंसँग ५० करोड डलरभन्दा धेरै पैसा हुन्छ ।

र यदि तपाईंसँग यतिधेरै पैसा छ भने तपाईं कहाँ बस्न रुचाउनुहुन्छ ?

यसबारे नाइट फ्रेंक एलएलपी एजेन्सीले सन् २००९ बाट जान्ने कोसिस गरिरहेको छ । यो एजेन्सी एक रियल इस्टेट एजेन्सी र कन्सल्टेन्सी हो जसको स्थापना सन् १८९६ मा लण्डनमा भएको थियो ।

यो एजेन्सीले हालै एक रिपोर्ट प्रकाशित गरेको छ जस अनुसार ५० करोड डलर सम्पत्ति हुने धेरैजसो मानिसहरु उत्तर अमेरिकी महाद्वीपमा बस्छन् र तीमध्ये पनि सबैभन्दा धेरै अमेरिका र क्यानडामा (३१.८ प्रतिशत) बस्छन् ।

त्यसपछि एशियामा २८.१ प्रतिशत र युरोपमा २५.४ प्रतिशत बस्छन् ।

बाँकी बचेका १५ प्रतिशत मध्य एशिया, अष्ट्रेलिया, रुस, राष्ट्रमण्डलको स्वतन्त्र देश (सिआइएस), ल्याटिन अमेरिका र अफ्रिकामा पाइन्छन् ।

यो रिपोर्ट बनाउनका लागि एजेन्सीले वेल्थ–एक्स नामको एक अन्तर्राष्ट्रिय डेटा कम्पनीबाट जानकारी लिएको छ । यो डेटा कम्पनीले विभिन्न लक्जरी ब्रान्ड, एनजीओ र शिक्षण कम्पनीसँग मिलेर काम गर्छ ।

यसका साथै रिपोटले संसारको पाँच सय ठूला बैंकमाथि गरिएको सर्वेमार्फत जुटाइएको जानकारी प्रयोग गरेको छ । यी पाँच सय बैंक संसारको ५० हजार मानिसससँग काम गर्छ जसको कूल सम्पत्ति तीन अर्ब डलर हो ।

शीर्ष १० अर्बपतीको देशः

यो रिपोर्ट अनुसार शीर्ष १० देशमा अमेरिका, चीन, जर्मनी, जापान, हंगकंग, क्यानडा, स्विटजरल्याण्ड, फ्रान्स, रुस, सिआईएस देश र ब्रिटेन हुन् ।

यद्यपी, अमेरिका र चीनको अर्बपतीको संख्यामा निकै अन्तर छ । चीन भन्दा अमेरिकामा  एक हजार तीन सय ४० अर्बपती धेरै छन् । अमेरिकामा अर्बपतीको संख्या एक हजार आठ सय ३० छ ।

सन् २०१६ र २०१७ का बीच अर्बपतीको संख्या सबैभन्दा धेरै हंगकंग (२३ प्रतिशत) बढ्यो । यस्तै, ब्रिटेनमा चार प्रतिशत अर्बपती कम पनि भए ।

एकभन्दा धेरै घरः

अर्बपतीको संसारको विभिन्न स्थानमा घर र सम्पत्ति हुन्छ ।

यो रिपोर्टका लागि जुन पाँच सय प्राइभेट बैंकर्समाथि अन्तर्वार्ता गरियो उनीहरुका अनुसार ५० करोड डलरभन्दा धेरै सम्पत्ति भएका ग्राहकको कम्तीमा तीनवटा घर छन् जसमा मुख्य र अन्य विलासी घर समावेश छन् ।

यी सबैमध्ये एकभन्दा बढि मुख्य घर भएका अर्बपती सबैभन्दा धेरै मध्य एशियामा थिए । औसतमा चार घर भएका मानिसहरु । अफ्रिकी अर्बपतीको भने सबैभन्दा कम दुई घर छन् ।

यसका साथै अर्बपतीहरुसँग दुईवटा पासपोर्ट हुनु अर्थात् दोहोरो नागरिकता हुनु स्वभाविक हो ।

यी रिपोर्ट अनुसार सबै रुसी बैंकका ग्राहकमध्ये ५८ प्रतिशतसँग दुईवटा पासपोर्ट थिए । ४१ प्रतिशत ल्याटिन अमेरिका र ३९ प्रतिशत मध्य एशियाली मानिससँग दुईवटा नागरिकता थिए ।

नाइट फ्रेंक एलएलपीको सूची निकै चर्चित छ ।

यो सूचीमा दुई हजार दुई सय ८ मानिसहरु यस्ता छन् जसको सम्पत्ति सय करोड डलर छ र फोर्ब्स सन् २०१८ को सूचीमा पनि उनीहरुलाई स्थान दिइएको छ ।

उदाहरणका लागि जेफ बेजोस, बिल गेट्स र वारन बफेट जो यो वर्षको फोर्ब्स सूचीको शीर्ष स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप