शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

क्षतिपूर्ति बापत पाएको रकममा जुन लाभकर काटिएको छ, त्यो फिर्ता गरियोस् : राजेन्द्र लिङ्देन

सोमबार, २८ साउन २०७५, २० : ५३
सोमबार, २८ साउन २०७५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले बुढीगण्डकी आयोजना निर्माण गर्दा डुबानमा परेका स्थानीयहरुलाई मुअब्जा दिँदाखेरी पूँजीगत लाभकर भनेर १० प्रतिशत कर लिने निर्णयको विरोध गरेका छन् । 

प्रतिनिधिसभाको आजको  बोल्दै सांसद लिङदेनले बुढीगण्डकी आयोजना मात्र नभई अन्य ठूला आयोजना निर्माण गर्दा सरकारले अधिग्रहण गरेका जग्गाहरुमा प्रभावितहरुले पाउने रकममा पूँजीगत लाभकर भन्दै १० प्रतिशत कर लिने निर्णयको विरोध गरेका हुन् ।  

उनले भने, ‘लाभ होइन जनताले क्षतिपूर्ति बापत पाएको रकममा जुन लाभकर भनेर काटिएको छ, त्यो फिर्ता गरियोस्  भन्ने माग गदर्छु ।’

यस्तै आजको संसद बैठकमा सांसद लिङदेनले पछिल्लो समय बढ्दै गएको महिला तथा बालिका बलात्कार र हत्याको घटनामा सरकारले विशेष ध्यान नदिएको भन्दै गुनासो गरेका छन् ।

उनले इन्टरनेटमा पछिल्लो समय बढेको करको विषय पनि उठाएका छन् । लिङ्देनले इन्टरनेटमा लगाइएको कर बराबरको रकम घटे पनि टेलिफोनको भ्वाइसप्याक र डाटा प्याकमा ३० प्रतिशत भन्दा बढी कर काटिएकोमा विरोध जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप