शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रणबीर–दीपिकाको विवाहको मिति तयः इटालीमा गरिने, ३० जनालाई निम्तो

मङ्गलबार, २९ साउन २०७५, १० : ३१
मङ्गलबार, २९ साउन २०७५

बलिउडमा एकतर्फ प्रियंका चोपडा र निक जोनासको इन्गेजमेन्टको चर्चा छ भने अर्कोतर्फ दीपिका पादुकोण र रणबीर सिंहको विवाहको मिति पनि तोकिएको छ ।

दुबैको विवाहको चर्चा त्यतिबेला भएको थियो जब सन् २०१८ को सुरुवातमा उनीहरुको इन्गेजमेन्टको खबर आएको थियो । त्यतिबेलादेखि नै दीपिका र रणबीरको चाँडै नै विवाह हुने अनुमान गरिएको छ ।

केही दिन अघि सार्वजनिक भएको एक रिपोर्ट अनुसार यी दुईले नोभेम्बर २० तारिखमा विवाह गर्ने बताइएको थियो । यसबारे कसैले पनि आधिकारिक पुष्टि नगरिरहेका बेला बलिउडका चर्चित नायक कबिर बेदीले ट्वीट गरेर यी दुईको विवाहको मितिबारे कन्फर्म गरेका छन् ।

फिल्मफेयरलाई उद्धृत गर्दै कबिर बेदीले यो जोडीलाई बधाई दिँदै उनीहरुलाई जीवनभरीको खुसीको कामना गरेका छन् ।

फिल्मफेयरको रिपोर्ट अनुसार रणबीर र दीपिकाका लागि यो विशेष हुने भएकाले  इटालीमा गरिने विवाहमा आफ्नो निकै नजिकका विशेषगरी परिवार र केही साथीलाई मात्र निम्तो पठाउने तयारीमा छन् ।

विवाहमा ३० जना पाहुनालाई मात्र आमन्त्रण गरिने फिल्मफेयरले बताएको छ ।

स्रोतका अनुसार भारत फर्किएपछि उनीहरुले दुईवटा रिसेप्सनको आयोजना गर्नेछन् । एउटा मुम्बईमा हुनेछ भने अर्को दीपिकाको होम टाउन बेंगलुरुमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप