सांसदले महालेखा परीक्षकलाई सोधे, गृहको गोप्य खर्च कति छ ?
काठमाडौं–सांसदहरुले महालेखा परिक्षक टंकमणि शर्मालाई गृह मन्त्रालयको गोप्य खर्चको बारेमा जानकारी राख्न भनेका छन् । बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा उपस्थित सांसदले महालेखा परीक्षक शर्मालाई गृहको गोप्य खर्च खोतल्न भनेका छन् ।
समिति सदस्य विरोध खतिवडाले गृहबाट हुने खर्चका विषयमा शर्माको ध्यानाकर्षण गराएका हुन् । उनले भने, ‘गृहमन्त्रालयबाट गोप्य रुपमा ठूलो खर्च भनिएको छ भन्नु भएको छ तपाईंले हामीलाई देखाउन नमिल्ने त्यस्तो खर्च कति हो ?’
समिति सदस्य खतिवडाले सरकारको जग्गा केही व्यापारीले सस्तो भाउमा लिजमा दिने भएकाले यसमा कठोर ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । समिति सदस्य धर्मशिला चापागाईले लेखा परीक्षणमा हुने ढिलाईमा महालेखा परीक्षकको कार्यालय जवाफदेही हुनुपर्ने बताइन ।
सार्वजनिक लेखा समितिका सदस्यहरूले लेखा परिक्षणका क्रममा परिक्षण गर्ने व्यक्तिले लेनदेन लगायतको काममा संलग्न भएको भन्दै महालेखा परिक्षक कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।
यता महालोखा परिक्षक शर्माले विकास निर्माणमा व्यापक बेथिति देखिएको समितिलाई जानकारी गराए । शर्माले गृहको मात्र नभएर सम्पूर्ण सरकारको के कति सम्पत्ति छ भन्ने लेखा जोखा नभएको स्पष्ट पारे ।
साथै, राष्ट्रिय गौरवको आयोजनामा परामर्श खर्च नै धेरै हुने गरेको उनले भने । स्पष्ट नीति बिना नै ७ अर्ब खर्च भएको उनले जनाए । सडक निर्माण, सिंचाइ, टुक्रे आयोजनामा रमक विनियोजन गरेको, आयोजना सञ्चालनमा समन्वय हुन नसकेको, कतिपय विकास निर्माण कमजोर रहेको औल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा