चीनमा गुगलः एकहजार बढी कामदारले गरे विरोध
सानफ्रान्सिस्को– चिनियाँ सेन्सरसीप अनुकूल गोप्य रुपमा खोज इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले विरोध गरेका छन् । बिरोध स्वरुप तयार पारिएको पत्रमा हस्ताक्षर गरेका उनीहरुले कम्पनीको पारदर्शिता र आचारसंहिता नियमलाई पालना गर्न प्रमुख कार्यकारी समक्ष आग्रह गरिएको छ ।
गुगलका एक जना कामदारले पत्रमा समेटिएको विषयका बारेमा भने केही बताउन चाहेनन् । तथापि, प्रमुख कार्यकारी समक्ष बुझाइएको उक्त पत्रमा आफूले गरिरहेको कामको बारेमा जान्न पाउने हक रहेको दाबी गरिएको छ । ड्रागनफ्लाई नामको गोप्य परियोजना गुगलले सञ्चालन गरिरहेको जानकारी सञ्चार माध्यमबाट मात्र थाहा पाइएको पत्रमा उल्लेख छ ।
अमेरिकी सैनिकसँग भएको यस्तै एक सम्झौताका विषयमा गुगलमा कार्यरत हजारौं कर्मचारीले पत्र लेखेपछि गुगल व्यवस्थापनले यसै वर्षको जुन महिनामा उक्त सम्झौता नवीकरण गरेको थिएन । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने