शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंकको “ज्योति श्रमजिवी बचत खाता” योजना, ८प्रतिशत ब्याजदर

शुक्रबार, ०१ भदौ २०७५, १४ : १४
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नयाँ बचत खाता “ज्योति श्रमजिवी बचत खाता” संचालनमा ल्याएको छ । बैंकले कर्मचारी तथा श्रमिकहरुको श्रमको उचित कदर गर्दै उच्च प्रतिफल, थप अत्याधुनिक बंैकिङ्ग सुविधा सहित यो योजना ल्याएको जनाएको छ ।

बैंकले वार्षिक ८प्रतिशत ब्याजदर दिने यस बचत खातामा निःशुल्क बिमाको ब्यवस्थाका साथै विदेशी मुद्रा सटहीमा विषेश छुट सहित भीसा कार्ड, स्मार्ट मोबाइल बैंकिङ्ग, एबीबीएस, सी–आस्वा, चेक वुक, इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु निशुल्क दिने जनाएको छ । साथै स्थायी कर्मचारीहरुका लागि ज्योती प्रोफेसनल लोनको पनि ब्यवस्था गरिएको छ । 

हाल बैंकले ६० वटा शाखा एवं २१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा नै बैंकको केही थप नयाँ शाखाहरु संचालनमा ल्याउने लक्ष्य रहेको बैंकले जनाएको छ । हालसम्म बैंकले करिब २ लाख बढि खाताबाट १९ अर्व ५४ करोड निक्षेप संकलन गरी १० हजार भन्दा बढि ऋणी मार्फत १६ अर्व १० करोड ऋण लगानी गर्न सफल भएको छ ।

बैंकको हाल कुल चुक्तापूँजी रु.२ अर्व ५९ करोड रहेको छ । ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्यूजिशन) गर्ने प्रकियामा रहेको पनि बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप