शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा शून्य समयः उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन माग

शुक्रबार, ०१ भदौ २०७५, १५ : १५
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र, समसामयिक विषय र देशैभर बाढीपहिरोका कारण जनजीवन प्रभावित भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्ने सांसदहरु लक्ष्मी परियार, बिन्दा पाण्डेलगायतले अविरल वर्षाका कारण देशका धेरै भागमा जनजीवन प्रभावित भएको हुँदा बाढीपीडितको उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसँग माग गरे । 

सांसदहरु सरिताकुमारी गिरी र सीताराम महतोले मुश्लिम धर्मावलम्बीलाई बकर इदका दिन सार्वजनिक छुट्टी दिन सरकारसँग माग गरे । 

सांसद सानु सिवाले काठमाडौँमा करिब ५०० सुकुम्बासीले स्वच्छ खानेपानी खान नपाएको हुँदा सो बस्तीमा स्वच्छ मेलम्चीको खानेपानी दिन माग गरिन् । सांसदहरु सूर्यप्रसाद पाठक र सुजाता परियारले स्थानीय तहमा कर लगाउँदा वैज्ञानिक ढङ्गले लगाउने पद्धतिको विकास गर्न माग गरिन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप