राष्ट्रपति भण्डारीद्वारा स्वयम्भूको निरीक्षण, सम्पदाबारे मन्त्री अधिकारीले गराए जानकारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको स्वयम्भूमा अवस्थित हालै मात्र जीर्णोद्धार कार्य सम्पन्न भएका अनन्तपुर प्रतापपुर, शान्तिपुर वायुपुर वासुपुर एवम् अन्य १७ वटा सम्पदाको निरीक्षण गरेकी छन् ।
आज साँझ राष्ट्रपति भण्डारीले विश्व सम्पदामा सुचिकृति यी सम्पदाको निरीक्षणका क्रममा पुजाआज पनि गरेकी थिइन् । राष्ट्रपति भण्डारी सँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पनि सम्पदाको निरिक्षणसँगै पूजाआजा गरेका थिए ।
प्रवलीकरण तथा पूर्ण जीर्णोद्धार सम्पन्न सम्पदाको छोटो औपचारिक कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले राष्ट्रपतिको सम्पदा निर्माणप्रतिको चासोले मन्त्रालयको उत्साह बढेको बताएका छन् ।
‘हामीले, केहि समयपछि पाटन कृष्ण मन्दिर सम्पन्न गर्दैछौ । पशुपतिक्षेत्रका सम्पदा निर्माण सम्पन्न भइसकेको छ । भूकम्पको थिलोथिलोबाट उठेर हामी हिँडेका छौं,’ राष्ट्रपतिलाई सम्पदा निर्माणको बारेमा जानकारी दिने क्रममा मन्त्री अधिकारी भने, ‘अबको २ बर्षमा हामी दौडने छौ । हिजोका जस्तै बनाउने छौं ।’
अनन्तपुर प्रतापपुर करिव ३ करोड ११ लाख लागतमामा सम्पन्न भएको हो भने अरु सम्पदामा नेपाल सरकार र विभिन्न देशको सहयोगमा पुनर्निर्माण भएका हुन् ।
पूर्णरुपमा ध्वस्त भएका र केहि आंशिक क्षति भएका गरि १७ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको पुरातात्विक विभागका महानिर्देशक भेषनारायण दाहालले बताए ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, मन्त्रालयका सचिव, पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुखको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा