शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कहिले बस्ला संवैधानिक इजलास ?

आइतबार, ०३ भदौ २०७५, ०६ : १०
आइतबार, ०३ भदौ २०७५

काठमाडौं - संवैधानिक इजलास दुई हप्तादेखि बसेको छैन । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी बिदामा बसेका कारण इजलास नबसेको जानकारी दिँदै सर्वोच्च अदालतका सह–प्रवक्ता नगेन्द्र कालाखेतीले नेपाल भने, ‘इजलास नियमित बसिरहेकै छ । जोशी श्रीमान् बिदामा बसेकाले बिदा बसेको दिनपछि संवैधानिक इजलास नबसेको हो ।’

सर्वोच्चका अनुसार गत असारसम्म संवैधानिक इजलासमा १ सय ९९ वटा मुद्दा दर्ता भएका छन् । संवैधानिक मुद्दा मामिला हेर्नका लागि सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको हो । 

आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । प्रधानन्यायाधीश नियुक्ति प्रकरणकै कारण बैठक अन्योल भएको देखिएको छ ।

संविधानको धारा १३७ बमोजिम गठन भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका अन्य ४ जना वरिष्ठ न्यायाधीश रहने गरी ५ सदस्यीय रहने व्यवस्था छ । हाल संवैधानिक इजलासको नेतृत्व कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले गरिरहेका छन् । 

जोशी भोलि(सोमबार)सम्मका लागि बिदामा बसेका छन् । जोशी बिदामा बसेपछि कायममुकायम प्रधानन्यायधीशको जिम्मेवारीमा वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्र रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप