प्रदूषण मापदण्ड नै नभएको मोटरसइकल नेपालमा
काठमाडौं - मुलुकमा सवारीसाधन आयात गर्दा नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ (यूरो थ्री समानस्तर) पूरा गरेको हुनुपर्ने प्रावधान छ ।
तर बंगलादेशको मोटरसाइकल 'रनर'को भने कुनै प्रदूषणस्तर नै नभएको खुलेको छ । आजको कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।
बंगलादेश सरकारले हालसम्म प्रदूषण मापदण्ड नै कायम नगरेकाले यसको गुणस्तरका सम्बन्धमा प्रश्न उठेको हो ।
प्रदूषण मापदण्ड नै नभएको देशमा बनेको मोटरसाइकल यूरो थ्री स्तरको मापदण्ड लागू भएको नेपालमा भित्र्याइ बिक्री गरेको तथ्य फेला परेको छ ।
भरतबाट आयात हुने सवारीसाधनले बीएस थ्री (यूरो थ्रीसरह) प्रमाणित सर्टिफिकेट बुझाएपछि यातायात व्यवस्था विभागले प्रदूषणस्तर ठिक छ भनेर आयातको अनुमति दिन्छ ।
तर बंगलादेशमा उत्पादित रनर मोटरसाइकल कम्पनीले आफ्नै स्ट्याण्डर्ड बुझाएकै भरमा यूरो थ्री सरह छ भनेर आयात अनुमति पाएको छ ।
सवारीसाधनको प्रदूषणस्तर स्तरोन्नति गरी यूरो फोर लागू गर्ने तयारी भइरहेका बेला यस्तो तथ्य बाहिर आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा