शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अझै खुलेन पासाङल्हामु राजमार्ग

सोमबार, ०४ भदौ २०७५, १५ : ४२
सोमबार, ०४ भदौ २०७५

नुवाकोट– विदुर नगरपालिकास्थित गेर्खुखोलाको पुल बाढीले भत्काएपछि अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालन गर्न अस्थायी डाइभर्सन बनाउने काम धमाधम भइरहेकोले मङ्गलबारसम्म सञ्चालन हुन सक्ने भएको छ । 
पुल भत्केपछि खोलाबाट अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गराउन काम भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताए । विदुर–१ र १० जोड्ने गेर्खुखोलाको पुल आइतबार बिहान बाढीले भत्काएको थियो । 

छिमेक जिल्ला रसुवा जाने वैकल्पिक सडक पनि नुवाकोटको मनकामनामा पहिराले अवरुद्ध गरेकाले दर्जनौंँ सवारीसाधन रोकिएको छ । पुल भत्किएपछि गोसाइँकुण्ड जनैपूर्णिमा मेलाका तीर्थयात्री प्रभावित भएका छन् । तीर्थयात्री पुल पारि अर्को सवारीसाधन परिवर्तन गरी गन्तव्यतर्फ गइरहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप