बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारविरुद्ध नेविसंघको प्रदर्शन

शनिबार, ०९ भदौ २०७५, १७ : २५
शनिबार, ०९ भदौ २०७५

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै राजधानीको प्रदर्शनीमार्ग क्षेत्रमा प्रदर्शन  गरेको छ । 
नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्  । सो क्रममा शुक्रबार कञ्चनपुरका स्थानीयले गरेको  प्रदर्शनमा गोली चलाएर प्रहरीले एक जनाको हत्या गरेको भन्दै आक्रोश व्यक्त गरिएको थियो । 
नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले न्याय माग्ने जनतामाथि केपी ओली सरकारले गोली हान्ने आदेश दिनु निन्दनीय भएको बताए ।
सो क्रममा नेविसंघका कार्यकर्ताले ओलीको पुतलासमेत दहन गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप