शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए कतारको सदस्यताका लागि आज अन्तिम मिति

बुधबार, ०४ साउन २०७४, १४ : २८
बुधबार, ०४ साउन २०७४


दोहा– एन आरएनए कतारको सदस्यताका लागि आवेदन दिने मिति १७ जुलाई २०१७ अन्तिम अवस्थामा पुगेको छ । आवेदन दिएर बसेका कतारमा रहेका प्रवासी नेपालीहरु आफ्नो आवेदनको अन्तिम रिपोर्टको प्रतिक्षामा बसेका छन् ।
गैरआवसीय नेपाली संघ  राष्ट्रिय समन्वय परिषद कतार च्याप्टरको  आवेदनको अन्तिम मितिसम्म ३ हजार ५१ जनाको आवेदन परेको थियो । पहिले जस्तो यसपटक सदस्यता लिनका  लागि प्रमाण नपुगेका अवेदन फारम भरेकाहरुका लागी समय थप गरिएको छैन ।
यसैगरि कतारमा रहेका समाजिक अभियानता तथा समाजिक सस्थामा अगुवाई गरिरहेका  ब्याक्तित्वका भनाई अनुसार यो पटक  स्वइच्छाले  सदस्यता लिनेहरुको समेत कमि छैन ।
स्वइच्छाले सदस्यता लिनेहरुमा  सामाजिक अभियानमा लागेका ब्याक्तित्वहरु भएकाले अहिले उनिहरुको मत निर्णायक हुने अनुमान गरिएको छ । 
आवेदन दिने समयको समाप्तिसंगै कतारको दोहामा एनसिसि कतारको अधिवेशनले  माहोल तताएको छ  । यसैक्रममा कतारमा सामाजिक क्षेत्रमा लागेका परिचित व्यक्तिहरुले विभिन्न तरिकाबाट आआफ्नो उमेदवारी घोषणा गरेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप