आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वयम्भु हाईटमा गाडीभित्र शव

बिहीबार, २१ भदौ २०७५, ०७ : ११
बिहीबार, २१ भदौ २०७५

काठमाडौं – राजधानीको स्वयम्भु हाईटमा पार्किङ गरेर राखिएको गाडीभित्र शव फेला परेको छ ।

स्वयम्भु मन्दिरको पैसा फाल्ने स्थानभन्दा तल पार्किङ गरिराखेको अवस्थामा प्राईभेट कारमा शव फेला परेको बताईएको छ ।

बा. ८ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी वृत स्वयम्भुले जनाएको छ ।  

मृतकको पहिचान काठमाडौंको नैकाप बस्ने ३२ वर्षीय श्याम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । 

भित्रबाट रगत बगिरहेको अवस्थामा गाडी फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

 घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप