शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘कपिल शर्मा शो’ मार्फत फिर्ता हुन चाहन्छन् कपिल, तर जोखिम मोल्न चाहँदैन च्यानल

शुक्रबार, २९ भदौ २०७५, १२ : ०३
शुक्रबार, २९ भदौ २०७५

कपिल शर्मा यही अक्टोबरमा ‘द कपिल शर्मा शो’ को नयाँ सिजनमार्फत टेलिभिजनमा फिर्ता हुँदैछन् । उनले च्यानलसँग नयाँ प्रोजेक्टमाथि काम गर्न आग्रह गरिरहेका छन् । तर स्रोतका अनुसार कपिलको अव्यवसायिक व्यवहारका कारण च्यानल अहिले नै सटिक निर्णय लिने मनसायमा छैन ।

यद्यपी, स्रोतका अनुसार कपिलमात्र नभई च्यानल पनि उनीसँग काम गर्न इच्छुक छ । च्यानललाई थाहा छ कि कपिलको अहिले पनि फ्यान फलोअिङ राम्रै छ । तर पनि च्यानल जोखिम भने मोल्न चाहँदैन ।

कपिलले बीचमा नै छोडेका थिए कार्यक्रमः

पछिल्लो पटक कपिलले कार्यक्रमलाई बीचमा नै छोडेका थिए । त्यसकारण च्यानललाई निकै घाटासमेत भएको थियो । स्रोत भन्छ, ‘अब च्यानलले यस्तो रणनीति बनाइरहेको छ जसमार्फत उसले कार्यक्रमको घोषणा गर्नु अघि नै केही एपिसोड स्टकमा राख्न सकोस् ।’

कपिलले हालै एक पंजाबी फिल्म ‘सन अफ मन्जित’ निर्माण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप