शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो रह्यो बुटवल उपमहानगरपालिका जनप्रतिनिधिको १ वर्ष

बुधबार, ०३ असोज २०७५, १२ : २९
बुधबार, ०३ असोज २०७५

तेजेन्द्र के.सी. 
 

बुटबल– लामो समयसम्म कर्मचारीकै भरमा चलेको बुटबल उपमहानगरपालिमा जनप्रतिनधिहरु आएको  एक वर्ष पूरा भएको छ । यो अवधिमा उपमहानगरपालिकाले ठूला आयोजनादेखि साना युवालाई स्वरोजगार बनाउनेसम्मका काम गरेको छ ।  सडक, ढल र केवुलकार बनाउने योजना समेत उपमहानगरपालिकाले गरेको छ । 

पाँच नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलमा रहेको उपमहानगरपालिका जनप्रतिनिधीहरु आफूले गरेका कामलाई यसरी सूचीकृत गरेका छन् । 

ऐन कानुन निमार्ण
स्थानीय तहको निर्वाचन पश्चात स्थानीय सरकारको रुपमा बुटवल उपमहानगरपालिकामा मेयर शिवराज सुवेदीले  कार्य सञ्चालन गरेपछि विभिन्न ऐन निर्माण गरेर कार्यान्वयनको प्रयास थालेको बताएका छन् । 
संविधानपद्धत अधिकारहरु प्रयोग गर्न तद्नुरुपका ऐन, नियम, विधेयक, कार्यविधि, निर्देशिका, मापदण्ड र आचारसंहिता सहित ३० वटा कानूनहरु निर्माण गरेर राजपत्रमा प्रकाशन गर्दै कार्यान्वयनमा ल्याइएको मेयर सुवेदीले बताए । 
न्याय सम्पादन  
उपमहानगरपालिकाले  एक बर्षको अवधिका गरेको  कामको नम्बर  २ मा  न्याय सम्पादनलाई राखेको छ । 

 बुटवल उपमहानगरपालिकाको कार्यक्षेत्र अन्र्तगतको न्याय निरुपण सम्बन्धी नीति तथा न्यायिक समितिको सञ्चालन र व्यवस्थापन कार्यविधि निर्माण गरी मेलमिलाप तथा विवाद मिलाउने न्यायिक काम गर्न अदालत निर्माण गर्दै हप्तामा दुई पटक इजलास बसी न्याय निरुपण गर्ने काम गरिरहेको छ । 

 जस अन्तर्गत मेलमिलापका माध्यमबाट १३५, न्यायिक समितिबाट ५, रुपन्देही जिल्ला अदालतमा न्याय निरुपणका लागि पठाइएका ५ वटा गरी पारिवारिक झगडा, लेनदेन, सम्बन्ध विच्छेद, घर बहाल सम्झौता, जग्गा विवाद, घरेलु हिंसा र सम्बन्ध विच्छेद जस्ता १४५ वटा निवेदनहरु उपर छिनोफोनो गरेको छ ।

शिक्षामा सुधार 
 १९  वडा रहेको बुटवल उपमहानगरपालिका शिक्षा क्षेत्रको लागि भौतिक सुधार र शैक्षिक  गुणस्तर बृद्धिमा पनि महत्वपूर्र्ण उपलब्धि हासिल गरेको जनप्रतिनिधिहरुको दाबी छ । 
 

जसमा आधारभूत विद्यालय उमेर समूहका सबै बालबालिकाहरुलाई विद्यालय भर्ना गराउन विशेष अभियान सञ्चालन गरी १३१ जना विद्यालय नगएका बालबालिकाहरुलाई विद्यालय भर्ना गराइएको छ । जसमध्ये ५६ व्यक्तिगत र ७ संस्थागत गरी कूल ६३ जना अभिभावकबाट अभिभावत्क ग्रहण भएको  मेयर सुवेदीले बताए  । 

तामनगर सामुदायिक सिकाई केन्द्रलाई सूचना केन्द्रको रुपमा स्तरोन्नती गर्ने, लुम्बिनी वाणिज्य क्याम्पसमा पुस्तकालय स्थापना गर्ने, बुटवल बहुमुखी क्याम्पसमा कल्र्भट,  निमार्ण गर्नेलगायतका काम पनि भएका छन्  । 

यस्तै १४७ सेट फर्निचर वितरण गर्ने काम सम्पन्न भएको छ । यसका यतिरिक्त उजिरसिह मावि मा ए र बी ब्लक भवन निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

नर्वेजियन सरकारसँगको सहकार्यमा बिटिआईको भौतिक पूर्वाधार विकास, प्रविधि तथा उपकरण व्यवस्थापन र पाठ्यक्रम सुधारसम्बन्धी सम्झौता सम्पन्न भइ काम अगाडी बढेको  उपमेयर गोमदेवी आचार्यले बताइन् ।

सडक  ग्राभेल 
 बुटवल उपमहानगरपालिका अन्तर्गतका सबै वडाहरुमा गरेर २७,८६२ मिटर कच्ची सडकलाई ग्राभेल सडकमा स्तरोन्नती गर्ने काम सम्पन्न भएकोे छ । विभिन्न वडाहरुमा करिब २,०४७ मिटर सडक पिसिसी, सडक बोर्ड अन्तर्गत करिब ३,००० मिटर सडक पिच निर्माण तथा मर्मत सम्भार गरिएको पनि उपमहानगरपालिकाले जनाएको छ । 
 

यस्तै  बुटवल उपमहानगरपालिकाका १९ वटै वडाहरुमा उपभोक्ता समिति मार्फत सञ्चालनमा रहेका मझौला तथा साना गरी ४६० भन्दा बढी योजनाहरु मार्फत करिब ५,००० मिटर सडक पिच गरिएको छ । 
यसैगरी नेपाल सरकारको ससर्त अनुदानमा सञ्चालित रु ५० लाख भन्दा बढी लागतका सडक पिच योजनाबाट करिब ८,००० मिटर सडक पिच निर्माण गर्ने काम सम्पन्न  गरिएको कार्यलाई पनि उपमहानगरपालिकाले महत्वपू्र्ण उपलब्धी मानेको छ । 

गत आर्थिक वर्षमा सञ्चालित सबै ठूला, मझौला र साना योजनाहरु अन्र्तगत २७ कल्र्भट, ९७ ह्रयुम पाइप जडान र करिब १६,००० मिटर नाली निर्माण गर्ने काम पनि सम्पन्न भएको छ । 

 
५ बर्षको लागि जनताको मत लिएर आएका जनप्रतिनधीहरुले  केही योजनाहरु पनि अगाडि सारेका छन् । 

योजना नम्बर १ : हिलपार्कमा विशाल बुद्ध मुर्ती 
हिलपार्कमा विशाल बुद्ध मूर्ति साथै बुद्धिस्ट पार्क निर्माणका लागि सर्भे तथा जग्गा एकिन गर्ने काम सम्पन्न गर्दै डीपीआर तयार पार्ने काम भइरहेका छ । 

यो बुद्धमुर्ती लुम्बिनीको मायादेवी मन्दिर परिसरबाटसमेत देख्न सकिने गरी डिजाइन  भएको छ। 

यस्तै शिवनगर सामुदायिक बनमा रामपिथेकस जियोलोजिकल पार्क बनाउन सर्भे तथा जग्गा एकिन गर्ने काम भइरहेको छ । 

मुख्य योजना नम्बर २ : शालिक र राष्ट्रिय झण्डा 

तत्कालिन अंग्रेज सेना पराजित भएको जितगढी किल्लामा कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक बनाइएको भएको छ । जितगढी किल्लामा विशाल राष्ट्रिय झण्डा फहराउने गरी डिजाइन भइरहेको  छ ।
 
मुख्य योजना नम्बर ३ : वडा १ र २ पुरातात्विक बस्ती
बुटवल उपमहानगर वडा नम्बर १ र २ लाई पुरातात्विक बस्तीको रुपमा विकास गर्र्न र बुटवल १ मा अवस्थित पुरानो नपा भवन भएको स्थानमा बटौली संग्राहलय निर्माण गरिने भएको छ । 

यो कामका लागि डिपिआर तयार पार्ने काम अगाडि बढाइएको छ । हिलपार्कमा जनजाति संग्राहलय र मोतिपुरमा थारु संग्राहलय निर्माणका लागि गुरुयोजना निर्माण गर्ने काम अगाडि बढाइएको प्रमुख सुवेदीले बताए  । बुटवलको खास पहिचान नै पारि बुटवल (वडा १ र २ का क्षेत्र) मानिन्छ ।

मुख्य योजना नम्बर ४  ः नरैनापुरमा भ्यू टावर 
पशुपतिनाथको महिमासँग जोडिएको सेमलारको नरैनापुर धाम र त्यसक्षेत्रको ताललाई जोडेर विशेष पर्यटकीय क्षेत्र बनाइने भएको छ । नरेनापुर भ्यू टावर निर्माण, पार्क निर्माण साथै सिमसार क्षेत्रको रुपमा विकास गर्ने अवधारणाको डिपिआर तयार पार्ने काम भैरहेको । साथै पार्क संरक्षणका लागि कम्पाउण्ड वाल निर्माण गर्ने काम भएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए  । 

नुवाकोट र बसन्तपुरलाई बुटवलको हिल स्टेशनका रुपमा विकास गर्न निजि क्षेत्रको सहकार्यमा केबलकारको अवधारणा अगाडि बढाइएको छ ।

डिजिटल प्रणालीबाट बुटवल उपमहानगरपालिका क्षेत्र भित्रका करिब ४०,००० भन्दा बढी घरहरुको डिजिटल प्रविधिमा आधारित घर नम्बरि¨ गर्ने काम सम्पन्न भएको छ ।

 निर्माण सामाग्रीको गुणस्तर परिक्षणका लागि आवश्यक उपकरणहरुको खरिद गरी प्रयोगशाला निर्माण गर्ने काम भइरहेको छ । अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्र्न अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षण कार्यदल गठन गर्दै करिब १६ हजार घरघुरीको लगत संकलन गरी अमिन मार्फत नापजा“च गर्ने प्रक्रिया अगाडि बढाइएको छ । 

मुख्य योजना नम्बर ५ : रंगशाला निर्माण

जवई खेल मैदानलाई फुटबल रंगशालाको रुपमा विकास गर्न डीपीआर सम्पन्न गरी निर्माण कार्य अगाडि बढाइएको छ । 

यो खेल मैदानका लागि उपमहानगरपालिकाले प्रदेश सरकारसँग समेत समन्वय गरिरहेको छ । 

प्रदेश सरकारले प्रदेश स्तरको एउटा खेल मैदान बुटवलमा पनि बनाउने घोषणा गरेको थियो । उपमहानगरले यही मैदानलाई बनाउन प्रस्ताव गरेको छ । 

यस्तै सिद्देश्वर, तामनगर, नहरपुर र सेमलार गरी ६ वटा खेलमैदान सम्याउने, फिलिङ्ग गर्ने, तारबार गर्ने, पर्खाल लगाउने र मैदानको वरीपरी हिडँडुल गर्न ट््रयाक बनाउने काम भएको छ । 

सेमलारमा आधुनिक कर्वडहल निर्माण र नगरका अन्य वार्डहरुमा स–साना खेलमैदानहरुलाई स्तरोन्नती गर्ने काम भइरहेको उपमहानगरपालिकाकी  उपमेयर आचार्यले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप