शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आलम हत्याको छानविन गर्न उच्चस्तरीय समिति गठनको माग

शुक्रबार, ०५ असोज २०७५, ११ : ०७
शुक्रबार, ०५ असोज २०७५

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) सुनसरीले तत्कालिन नेकपा एमाले जिल्ला सल्लाहकार परिषदका सदस्य तथा रैयाव बोर्डिङ स्कुलका सञ्चालक खुर्सिद आलमको गोली हानी भएको हत्याको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेको छ । 

आलमको हिजो दिउसो भारतीय नम्बर प्लेटका २ वटा मोटरसाइकलमा आएका अपरिचत व्यक्तिले गोली हानी हत्या गरेका थिए । 

आलमलाई स्कुलबाट घरतर्फ गइरहेका वेला गोली हानीएको थियो । नेकपाले घटनाको भत्र्सना गर्दै उच्चस्तरीय छानविन समिति गठन गरी अपराधीलाई यथासक्य छिटो कानुनको दायरामा ल्याउन माग गरेको छ । 

तत्कालिन एमालेका सुनसरी जिल्ला संयोजक रमेसकुमार बस्नेत र तत्कालिन माओवादी केन्द्रका कावा संयोजक योगेन्द्र कुमार मण्डलले संयुक्त विज्ञप्ति जारी गर्दै मृतक आलमका आफन्तलाई उचित क्षतिपुर्ति तथा त्यस क्षेत्रमा आवाश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन पनि माग गरेका छन् । 

साथै नेकपाले उक्त घटनालाई अतिरञ्जीत गरी भड्काउने प्रयास हुन सक्ने भन्दै सवैलाई सचेत रहन आग्रह गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप