लाभांश वितरण गर्न धमाधम साधारणसभा, कुन वित्तीय संस्थाले कति दिँदैछन् सेयरधनीलाई लाभांश ?
काठमाडौँ । बैंक तथा वित्तिय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई धमाधम लाभांश दिने घोषणा गर्न थालेका छन् ।
कञ्चन डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई २ करोड ५३ लाख रुपैयाँ बराबरको बोनस सेयर प्रदान गर्ने भएको छ । यो कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशत हो ।
कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले यो बोनस सेयर दिने निर्णय गरेको हो । साथै, आफ्ना सेयरधनीलाई ३ करोड १८ लाख १४ हजार ७ सय ५० रुपैयाँ बराबरको नगद लाभांश समेत दिने निर्णय गरेको छ । बैंकले ६.९ प्रतिशत नगद लाभांश दिन लागेको हो । यो बोनस सेयर र नगद लाभांश भने कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि मात्र वित्तरण हुनेछ ।
यता नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाले पनि आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । नेशनलको असोज ४ गते बसेको बैठकले यो निर्णय गरेको हो ।
यस्तै महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गराउन असोज २६ गतेलाई साधारणसभा बोलाएको छ । बैंकले ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
यता गरिमा विकास बैंकले पनि १३.७५ प्रतिशत लाभांश प्रस्ताव पारित गराउँन असोज २६ गतेलाई साधारणसभा बोलाएको छ । बैंकले अहिले कायम रहेको चुक्तापुँजीबाट १० प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेको छ ।
यी सबैले साधारण सभाबाट पारित गराएपछि मात्र सेयरधनीलाई लाभांश वित्तरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा