नेपालले मलेसियासँग खेल्ने
आइतबार, ०७ असोज २०७५, १३ : ३९
काठमाडौँ– एएफसी सोह्र वर्षमुनि (यु–१६) महिला च्याम्पियनसिप अन्तर्गत आज छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्नेछ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा हुने उक्त खेलमा समूह ‘इ’ को आफनो अन्तिम खेलमा नेपालले विजय लक्ष्यका साथ मलेसियाको सामना गर्नेछ ।
उक्त खेल नेपाली समयअनुसार दिउसो ३ः ३० बजे हुनेछ । नेपाल र मलेसिया पहिलो जीतको खोजीमा हुनेछन् । यसअघि नेपाल फिलिपिन्ससँग ४–० गोल अन्तरले तथा दोस्रो खेलमा म्यानमारसँग ११–१ गोल अन्तरले पराजित भएको थियो ।
समूह ‘इ’ मा म्यानमार र फिलिपिन्स दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । त्यस्तै, आज नै हुने अर्को खेलमा समूह विजेता टोलीको छनोफानो हुनेछ । म्यानमार र फिलिपिन्सबीच अहिले खेल भइरहेको छ । समूह ‘इ’मा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा