सुजुकीको दशैं योजना, १० जना भाग्यशालीलाई जपान जाने अवसर
काठमाडौं । सुजुकीको नेपालका लागी आधिकारीक विक्रेता बिशाल ग्रुप अन्तर्गत भीजी अटोमोबाइलस प्रालिको दशैं योजना सार्वजनिक भएको छ ।
जपानिज कंपनी सुजुकी बाइक तथा स्कूटरमा ग्राहकले कुनैपनी नेपाल भरीको सुजुकी शोरुमबाट बाइकको खरीदमा ८,००० छुट र स्कुटरमा १०,००० छुट हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी, बम्पर उपहारमा १० जना बाइक तथा स्कूटर खरीद गर्ने भाग्यशाली ग्राहक लक्की ड्र मार्फत जपान जान पाउने छन । यो स्कीम भदौ २० गते बाट कार्तिक ३० गते सम्म लागू हुनेछ ।
यो स्कीम बाट सुजुकी बाइक तथा स्कूटर को धेरै बिक्री हुने र स्कीम अवधी भर फाइनान्स क्यास र एक्सचेन्ज मार्फत कम्पनिले बिक्री बितरण गर्नेछ ।
यो स्कीम ले ग्राहकलाइ धेरै फाइदा पुग्ने र जपानीज कम्पनिको बाइक भएकोले धेरै बलियों हुने साथै ग्राहकलाई सुबिधाको लागी ५ बर्ष वारन्टी दीइएको कम्पनीले बताएको छ । नेपाल अधिराज्य भरी कुनै पनी सुजुकी शोरुम बाट बाइक तथा स्कूटर सजीलैसंग खरीद गर्न सक्नेछन् ।
र यो स्कीम अवधी भर सुजुकी बाइक र स्कूटर गरेर चार हजार भन्दा बढी बेच्ने लक्ष्य रहेको भी जी अटोमोबाइल्सका मार्केटिंग म्यानेजर नबराज कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा