शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नीजगढ विमानस्थल निर्माणबारे जानकारी माग

मङ्गलबार, ०९ असोज २०७५, १७ : २६
मङ्गलबार, ०९ असोज २०७५

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रिय गौरवको आयोजना निजगढ विमास्थल निर्माणको समग्र कार्ययोजनाबारे सदनलाई जानकारी गराउन माग गरेको छ । 
निजगढ विमानस्थल निर्माणका बारेमा सरकारका मन्त्रीहरुको नै आपसमा विवादित भनाईहरु सार्वजनिक भएको भन्दै काँग्रेसले त्यसको प्रक्रियागत आधार सहितको कार्ययोजनाबारे सदनलाई जानकारी गराउन माग गरेको हो । 
राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै काँग्रेसका जितेन्द्र देवले विमानस्थल निर्माण बारे वन मन्त्री र पर्यटन मन्त्रीको विवादास्पद अभिव्यक्ति आईरहेको भन्दै विस्तृत कार्ययोजना सहित सदनलाई स्पष्ट पार्न माग गरे ।
‘साईड क्लियरेन्सको जिम्मा नेपाली सेनालाई दिईसकेका बेला आज आएर बखेडा किन ?’ देवको प्रश्न थियो । बखेडा झिकेर बन मन्त्री र पर्यटन मन्त्रीले आयोजना निर्माणका सम्बन्धमा हल्का कुरा गरेको देवको टिप्पणी थियो ।
‘राष्ट्रिय गौरवको आयोजना अघि बढाउने कि नबढाउने ? राष्ट्रिय गौरवको आयोजना हो भने कति समयमा पार लगाउने यसलाई ? संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्री आफै सदनमा आएर साईट क्लीयरेन्सको बारेमा, मोडालिटीको बारेमा, इ आए ए को रिपोर्टको बारेमा लगायत क्याचमण्ट एरिया कति हुने लगायत सदनलाई जानकारी दिनुपर्छ’ सदस्य देवको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप