शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रगतका लागि सेना प्रहरीकै भर

बिहीबार, १८ असोज २०७५, १४ : २८
बिहीबार, १८ असोज २०७५

बैतडी– रक्तसञ्चार केन्द्र नहुँदा बैतडीमा समस्या हुने गरेको छ । जिल्ला अस्पतालमा आकस्मिकरुपमा कुनै बिरामीलाई रगत चाहिएमा जिल्लास्थित रहेको शत्रसुमर्दन गुल्म, जिल्ला प्रहरी कार्यालयका धाउनुपर्ने बाध्यता रहेको छ । 

रगतका लागि वर्षौंदेखि सेना तथा प्रहरीकै भर पर्नुपरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर जगदीशचन्द्र विष्टले बताए । शल्यक्रियाबाट सुत्केरी गराउने सेवा शुरु भएयता रगत खोज्न समस्या हुँदै आएको छ । उनले भने, ‘रक्त सञ्चार केन्द्र र रक्तदाताको अभावमा बिरामीका आफन्त र स्वास्थ्यकर्मीले समस्या भोग्दै आएका छौँ ।’ रगतको व्यवस्था गर्न नसक्दा जिल्ला अस्पताल आएका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता रहेको बताइएको छ । 

रक्त सञ्चारको सुविधा नहुँदा दुर्गम गाउँबाट आएका सर्वसाधारणलाई समस्या हुँदै आएको छ । चिनजानका भरमा बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्छ । विकल्पमा सेना र प्रहरी कार्यालय जान्छन् ।

त्यहाँ नपाए अन्य उपाय नै छैन । रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा सञ्चय गर्नसक्ने अवस्था छैन । ‘अस्पताल पुग्ने बित्तिकै रगत आवश्यक हुने बिरामीका आफन्तलाई खोज्न लगाउँछौँ ।’ प्रमुख डाक्टर विष्टले भने, ‘सेना, प्रहरी, स्वास्थ्यकर्मीबाट जुटाउन नसके रिफर गर्नुपर्ने अवस्था छ ।’ 

अस्पतालमा सेवाका लागि बैतडीसहित दार्चुला र बझाङबाट समेत उपचारका लागि यहाँ आउने गरेका छन् तर आकस्मिक रक्त सञ्चार केन्द्र भए पनि रक्तदाताको अभावले उपचारमा समस्या हुँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप