शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आगलागी पीडितलाई दुई लाख ३० हजार राहत प्रदान

आइतबार, २१ असोज २०७५, ११ : ३५
आइतबार, २१ असोज २०७५

इलाम– इलामको देउमाई नगरपालिकाका अग्निपीडितलाई नगरपालिकाले रु दुई लाख ३० हजार राहत प्रदान गरेको छ । 

इलाम र पाँचथरको सीमानामा पर्ने देउमाई नगरपालिका–१ राँके बजारका चार अग्निपीडितलाई देउमाई नगरपालिकाले शनिबार उक्त राहत प्रदान गरेको हो । 

नगरपालिकाले विपद् व्यवस्थापनअन्तर्गत अग्निपीडित ठालुमान श्रेष्ठलाई रु ८० हजार, श्रीबहादुर विष्टलाई रु ७० हजार, तिलबहादुर बस्नेतलाई रु ७० हजार र नरबहादुर श्रेष्ठलाई रु १० हजार राहत प्रदान गरेको हो । नगरपालिका प्रमुख सूर्यप्रसाद पोखरेलले आगलागी पीडितलाई राहत प्रदान गरेको वडाध्यक्ष माधव बस्नेतले जानकारी दिए । 

एक महिनाअघि राँके बजारमा आगलागी हुँदा रु दुई करोड १० लाख बराबरको क्षति भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप