शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कतार गएका नेपाली युवाको विचल्ली

शनिबार, ०७ साउन २०७४, ११ : ५३
शनिबार, ०७ साउन २०७४

काठमाडौं– आकर्षक तलव सुविधा पाउने आश्वासनमा कतार पुगेका दुई युवा विचल्लिमा परेका छन् । 
काठमाडौंको सामाखुशीस्थित प्यासिफिक ओभरसिलले पठाएका नुवाकोटका सोहन पाण्डे र दिलिप कार्की भनेअनुसारको तलव, सुविधा र उपचार नपाएपछि  विचल्लिमा परेका हुन् । 
ओभरसिसका संचालक जगत गुरुङले फ्रि भिसा, फ्रि टिकट भन्ने बिज्ञापन गरेर ती दुवैलाई १ लाख २० हजार रुपैयाँ असुली कतार पठाएको बताइएको छ ।  
उनीहरुले दैनिक १२ घण्टा चर्को घाममा खटद्दा बल्ल महिनाको १ हजार २ सय कतारी रियल तलव पाउने गरेका गुनासो गरे । उनीहरुलाई कम्पनीले ८ घन्टा काम गरेवापत १ हजार ५ सय रियाल तलव दिने सम्झौता गरेको थियो । 
उनीहरुलाई बस्ने सेल्टर पनि आउन जान तीन घण्टा लाग्ने दुरीमा ब्यवस्था गरिएको छ । त्यहाँ चर्को गर्मीले हातखुट्टामा घाउ आएर थला परेका पाण्डेले प्यासिफिक ओभरसिजले श्रमको झुटो कागज बनाएर आफुलाई फसाएको दाबी गरे । बैदेसिक रोजगार विभागले पनि झुटो श्रम सम्झौताको कागजपत्रमा छाप लगाईदिएको उनको गुनासो छ । ‘खुट्टामा आएको घाउले जुत्ता लगाउन हुँदैन, उनले भने, ‘उपचार गर्न भन्दा कम्पनीले सुनुवाइ गर्दैन । 
नेपालका म्यानपावर कम्पनीसँग गरिएको तलब, श्रमको सम्झौता बेग्लै र कतारमा पुगिसकेपछि त्यहाँको कम्पनीले दिने तलबलगायतका विभिन्न सम्झौताहरु बेग्लै रहेको पीडित युवाहरुको गुनासो छ । 
उनीहरुले आफूहरुले सम्झौता अनुसार तलव नपाएको, उपचार नपाएको, अन्य आधारभूत सुविधा समेत नपाएको गुनासो गरेपछि त्यहाँ कार्यरत कम्पनीका मालिकले धम्क्याएको पाण्डेले बताए । 

पीडित युवाहरु सहयोगको याचना गर्दै त्यहाँस्थिति नेपाली दूतावाससमेत पुगेका थिए । समयको अभाब भन्दै दूतावासका कर्मचारीले फोटोसहित इमेलमा गुनासोसहित निवेदन गर्न आग्रह गरेको उनीहरुले बताए । राजदुतावासबाट आवश्यक सहयोग नपाएको उनीहरुको गुनासो छ । 
त्यसपछि उनीहरुले बैदेशिक रोजगार विभागमा फोन गरेको बताए । ‘त्यहाँ पनि हाम्रो कुराको सुनुवाइ भएन’ पाण्डेले भने, ‘एक पुरुष कर्मचारीले फोन उठाउनुभयो । उहाँलाई हाम्रो कुरा सुन्ने फुर्सदै रहेनछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप