शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमानको लिङ्ग काटिन्, पर्समा राखेर गइन् माइती

शनिबार, ०७ साउन २०७४, १२ : ०५
शनिबार, ०७ साउन २०७४

टाइम्स अफ इन्डिया

चार सन्तानकी आमालाई श्रीमानको लिङ्ग काटेको आरोपमा तमिलनाडुको गुडियट्टममा शुक्रबार पक्राउ गरिएको छ ।  श्रीमानको अवैध सम्बन्धका कारण झगडा भएपछि उनले लिङ्ग नै काटिदिएको बताइएको छ ।

गुडियट्टमका पुलिसले सरासुलाई थुचिपाटु नजिकै पक्राउ गरेको र उनीबाट श्रीमानको लिङग लिइएको जानकारी दिएको छ ।

‘हामीले ती महिलालाई शुक्रबार पक्राउ गरेका छौं । उनी भी कोटास्थित उनको माइती जाने बाटोमा थिइन् । श्रीमानको काटिएको लिङ्गलाई उनले पर्समा बोकेकी थिइन्,’ इन्स्पेक्टर एमटी इरुद्याराजले भने ।

अनुसन्धानमा पत्ता लागे अनुसार सरासु र जगादिसानको गार्मेन्ट फ्याक्ट्रीमा काम गर्ने बेला प्रेम बसेको थियो । उनीहरुको १४ वर्ष अघि विवाह भएको हो । उनीहरुका एक छोरा र तीन छोरी छन् ।

पारिवारिक झगडा पछि सरासु करिब एक वर्ष अघि माइतीमा बस्दै आएकी छिन् । उनका सन्तानभने गुडियटमस्थित हजुरबुवाको घरमा बस्दै आएका छन् । उनीहरु स्थानीय विद्यालयमा पढिरहेका छन् ।

यो जोडीको १३ वर्षीय जेठो छोराले जन्मदिनमा आमालाई घर आउन आग्रह गरे । ‘उनी जुलाई १७ तारिखमा छोरोको जन्मदिन मनाउन त्यहाँ पुगिन् । उनका छोराले आमालाई बुवासँगै बस्न आग्रह गरे र यसमा उनले स्विकोरिक्ति जनाइन् । उनीहरुका सन्तान हजुरबुवा सँगै बसे भने यो जोडी लिङ्गुड्राममा रहेको घरमा बसे,’ इन्स्पेक्टरले बताए ।

गत बुधबार बेलुका जगदिसान रक्सी पिएर घर आए र श्रीमतीसँग झगडा गरे । माइतीमा बस्दा उनले उनको पवित्रतामाथि पनि  प्रश्न उठाउँदै कसैसँग सम्बन्ध भए नभएको बारे केरकार गर्न थाले । ‘उनी बुढी भएको पटक पटक दोहोराउँदै उनले चाँडै नै अर्की महिलासँग विवाह गर्न लागेको बताए,’ सरासुलाई उद्धृत गर्दै इन्स्पेक्टरले बताए ।

उनले पनि श्रीमानलाई उनको अवैध सम्बन्ध र आफू नभएका बेला अन्य महिलालाई घरमा ल्याएको भन्दै गाली गर्न थालिन् । ‘उनीहरुबिचको झगडा बिहिबार बिहान २ बजेसम्म जारी रह्यो । त्यसपछि उनका श्रीमान सुत्न गए । करिब ३ बजेतिर सरासूले भान्छाबाट धारिलो हतियार ल्याइन् र श्रीमानको लिङ्ग काटिन् । उनी काटिएको लिङ्ग बोकेर तत्काल माइतीतर्फ हिँडिन्,’ सब–इन्स्पेक्टर ए क्रिस्नमुर्तीले बताए ।

जगदिसनको चिच्याहट सुनेर छिमेकी र आफन्त उनको घरमा पुगे र तत्काल सरकारी अस्पताल पुर्याए ।

प्राथमिक उपचारपछि उनलाई सरकारी भेलेरो मेडिकल कलेज हस्पिटल पुर्याइयो जहाँ उनी खतरामुक्त भएको बताइएको छ । ‘उनको शल्यक्रिया भयो र तीब्र स्वास्थयलाभ गरिरहेका छन्,’ पुलिस अधिकारीले बताए ।

उनकी श्रीमतीलाई पक्राउ गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप