धूम्रपानको लत छ, छुटाउन यसो गर्नुहोस्
प्रकाशराज रेग्मी मुटुरोग विशेषज्ञ वीर हस्पिटल
धूम्रपानको लतमा परेपछि छुटकारा पाउन गाह्रो हुन्छ । धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने थाहा हुँदाहुँदै धेरै यसको लतमा फसेका छन् ।
धूम्रपान गर्नाले मुटुको रोग, मुखको क्यान्सर, फोक्सोको क्यान्सर, दम इत्यादि धेरै रोग लाग्छन् । चुरोट, सुर्तीमा हुने निकोटिनले पनि धूम्रपानको लत छुटाउन मुस्किल बनाउने गर्छ । धूम्रपान त्याग्न के गर्ने भन्नेबारे मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मीका यस्ता छन् सुझाब स्
मानसिक रूपले तयार बनौँ
धूम्रपान त्याग्न सबैभन्दा पहिले मानसिक रूपले तयार हुनुपर्छ । धूम्रपान त्याग्न सबैभन्दा महत्वपूर्ण कुरा भनेको आत्मबल जुटाउनु नै हो । आफ्नो मनसँग हार्नु हुँदैन ।
प्राणायाम र ध्यानमा जोड दिऔँ
धूम्रपान छाडेपछि मानसिक तथा शारीरिक स्फूर्तिका लागि दैनिक बिहान या बेलुकाको समयमा प्राणायाम र ध्यान गर्नु उपयुक्त हुन्छ । आफूलाई सकेसम्म बढी व्यस्त बनाउनुपर्छ । साथै, धूम्रपान गर्ने व्यक्तिबाट टाढै रहनुपर्छ ।
पानी पिउने बानीको विकास गरौँ
धूम्रपान छाडेपछि पानी धेरै पिउने बानीको विकास गर्नुपर्छ । छटपटी लाग्नेबित्तिकै पानी पिउनुपर्छ । साथमा रसदार फलफूल खाने बानीले फाइदा गर्छ । ल्वाङ, सुकुमेल वा दालचिनी मुखमा राखेर खेलाइराख्दा पनि धूम्रपानको लत कम हुन्छ ।
चिकित्सकको सल्लाहमा मुखको स्प्रेको प्रयोग
धेरै प्रयास गर्दा पनि छटपटी घटेन, पागलजस्तै हुने स्थिति आयो भने कम निकोटिनयुक्त नाक वा मुखको स्प्रेजस्ता सामग्री प्रयोग गर्न सकिन्छ । तर, चिकित्सकको सल्लाह भने आवश्यक हुन्छ ।
धूम्रपान त्यागेपछि फाइदा हुन्छ भन्ने कुरामा विश्वस्त बनौँ
धूम्रपानबाट हुने हानि र यो छाडेपछि प्राप्त हुने फाइदाबारे बढीभन्दा बढी जानकारी हासिल गर्नुपर्छ । धूम्रपान त्यागेपछि फाइदा हुन्छ भन्ने कुरामा विश्वस्त हुनुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा