अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा
शनिबार, ०७ साउन २०७४, १३ : ५६
बैतडी - गएराति परेको पानीले सडक माथिबाट पहिरो खस्दा अवरुद्ध भएको महाकाली राजमार्ग आज अपरान्हदेखि पुनः सञ्चालनमा आएको छ ।
बैतडीको सतबाझदेखि–गोकुलेश्वर सडकखण्ड अन्तर्गतपर्ने डिलाशैनी ६ बागाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको सडक स्थानीय बासिन्दा र प्रहरीले पन्छाएपछि सडक पुनः सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो ।
बागाबगरमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध हँुदा यातायात पूर्णरुपमा बन्द भएको थियो । सडक सुचारु भएपछि बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटादुरीका यातायातका साधन गन्तव्यतिर लागेका छन् ।
सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला , बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा