एक लाख १५ हजार नगदसहित १० जुवाडे पक्राउ
काठमाडौं– महानगरीय वृत्त बौद्धले आइतबार मध्यराति रु एक लाख १५ हजार नगदसहित १० जुवाडेलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–५ स्थित कामी शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
सोह्र थान कौडासहित पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–५ बस्ने ५२ वर्षीय कान्छा शेर्पा, ४१ वर्षीय टाँसी शेर्पा, ४० वर्षीय श्रीराम लामा, ४५ वर्षीय श्याम लामा, ४४ वर्षीय नुर्वु शेर्पा, ४८ वर्षीय बालकृष्ण सुवेदी, ३८ वर्षीय विजय तामाङ, ३२ वर्षीय सन्दिप गुरुङ, ३० वर्षीय कर्साङ लामा र २१ वर्षीय पासाङ लामा रहेको महानगरी वृत्त बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो । पक्राउ पारिएका उनीहरुको थप अनुसन्धानसहित कानूनी कारवाही हुने गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’