नेपाल आइडलमा उत्कृष्ट १०का लागि वाइल्ड कार्ड इण्ट्रि
काठमाडौं । नेपालकै पहिलो अन्तरराष्ट्रिय फ्राञ्चाइज्ड टीभी रियालिटी शो ओपो नेपाल आइडलको गाला राउण्डमा वाइल्ड कार्ड इण्ट्रिको घोषणा भएको छ ।
गत एपिसोडमा वाइल्ड कार्ड एण्ट्रिका लागि छनोट भएका ६ प्रतिस्पर्धीको सांगितिक प्रस्तुति मार्फत भोटका लागि अपिल गरिएको थियो । वाइल्डकार्ड इण्ट्रि पाएका ६ प्रतिस्पर्धी मध्य सर्वाधिक भोट प्राप्त गर्ने प्रतिस्पर्धीले अब सिधै उत्कृष्ट १०मा प्रवेश पाउने छन् । उत्कृष्ट १०को घोषणा असोज ८ गतेको एपिसोडमा हुनेछ ।
‘कुनैपनि कार्यक्रमको प्रायोजन गर्दा ओपोको प्रमुख उद्देश्य देश र स्थानिय जनताप्रति योगदान हुने गर्छ । नेपाल आइडलको प्रायोजन गर्दा हाम्रो मुख्य उद्देश्य नेपाललाई गायन क्षेत्रको नयाँ प्रतिभा दिनु रहेको थियो । साथै, आफ्नो कला र प्रतिभा देखाउने अवसरको प्रतिक्षामा रहेका स्थानिय कलाकारलाई कला जगतमा उडान भर्न सुनौलो प्ल्याटफर्म उपलब्ध गराउनुपनि हो ।’,
ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘उपभोक्ता तथा ओपो फ्यान्स मार्फत हामीले कार्यक्रमका लागि निकै सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेका छौँ । यस संस्करणबाट समेत नेपालको संगीत जगतलाई नयाँ तारा तथा प्रतिभाहरु पस्कने कार्यमा प्राप्त सफलताका लागि हामी निकै सन्तुष्ट छौँ ।’
‘पासेज् टू ओपो नेपाल आइडल–२’ कन्टेष्ट
पछिल्लो संस्करणमा झैँ यस पटकपनि ‘पासेज् टू ओपो नेपाल आइडल–२’ कन्टेष्टको घोषणा भएको छ । ओपोद्वारा आफ्नो आधिकारिक फेसबुक एकाउण्टद्वारा साप्ताहिकरुपमा सञ्चालन हुने यो कन्टेष्टले प्रत्यक ३ जना सहभागीलाई २—२ओटा पास जित्ने अवसर प्रदान गर्छ ।
कन्टेष्टमा सहभागिताका लागि ओपो फ्यान्सले आधिकारिक फेसबुक एकाउण्टमा राखिएको कन्टेष्ट सम्बन्धित भिडियो तोकिएका ह्याशट्याग सहित लाइक तथा शेयर गर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा