शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धान काट्ने मेसिनको ठक्करबाट कपिलवस्तुमा एक जनाको मृत्यु

मङ्गलबार, ०६ कात्तिक २०७५, १० : १७
मङ्गलबार, ०६ कात्तिक २०७५

माधव बेल्वासे

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–४ चनईमा धान काट्ने कम्बाइन हर्वेस्टर मेसिनको टक्करबाट एक जानको मृत्यु भएको छ ।  

सोमबार अपरान्ह ४ बजे धान काट्ने समयमा लु ३ त १३४१ नम्बरको कम्बाइन मेसिन ब्याक गर्दा चनईका ६० वर्षीय महबुब मुसलमान घाइते भएका थिए । 

कम्बाइनको ठक्करबाट घाइते भएका महबुबलाई उपचारको लागि बुटवल पुर्याइएका थियो । बुटवलमा उपचार सम्भाव नभएपछि उनलाई चितवन लगिएको थियो  ।

चितवन मेडिकल कलेजमा उपचारको क्रममा महबुबको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । 

कम्बाइन चालक भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला सिसहनियाका ५० वर्षीय लौटु चमार प्रहरीको नियन्त्रणमा रहेका छन् । 

कपिलवस्तुको मायादेवी गाउँपालिका–५ का सन्तोष कुमार चौधरीको नाममा रहेको कम्बाइन अहिले वडा प्रहरी कार्यालय चन्द्रौटाको नियन्त्रणमा रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप