शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अब राष्ट्रसंघीय मिसनमा अनिवार्य २० प्रतिशत महिला प्रहरी

बुधबार, ०७ कात्तिक २०७५, ०६ : ५३
बुधबार, ०७ कात्तिक २०७५

काठमाडौं - नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पठाउने महिला प्रहरीको संख्या बढाएर २० प्रतिशत पुर्‍याएको छ । 

फर्म्ड पुलिस युनिट (एफपियु) शान्ति मिसनअन्तर्गत कुल संख्यामध्ये २० प्रतिशत महिला प्रहरी पठाउने भएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । 

प्रहरीले बनाएको एफपियु छनोट कार्यदेश २०७५ मा दुई जुनियर अधिकृतसहित हरेक एफपियु टोलीमा कम्तीमा २० प्रतिशत महिला पठाइने उल्लेख छ । 

शान्ति मिसनमा महिलाको संख्या बढाउने राष्ट्रसंघकै नीतिअनुसार नेपाल प्रहरीले महिला प्रहरीको संख्या बढाउने निर्णय गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप