शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् विश्वमा सबैभन्दा महंगा शीर्ष १० युवा खेलाडी

आइतबार, ०८ साउन २०७४, १० : २३
आइतबार, ०८ साउन २०७४

लण्डन – टोटनहम हटस्पर्सका स्टार डेले अली विश्वकै सबैभन्दा महंगा २१ वर्षमूनीका युवा खेलाडीको सूचीमा शीर्ष स्थानमा रहन सफल भएका छन् ।

अली लगातार दोस्रो पटक पिएफए वर्ष युवा खेलाडी घोषित भएका थिए । उनले गत सिजन क्लबका लागि १८ गोल गरेका थिए ।

यतिबेला मोनाकोका युवा खेलाडी काइलिन एमबापेको चर्चा रहे पनि अलीको मूल्य उनीभन्दा २ करोड युरो बढी रहेको छ । 

गत सिजन सबै प्रतियोगितामा २६ गोल गर्दै मोनाकोलाई च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्याएका १८ वर्षीय एमबापेले यस सिजन मोनाको छाडे पाउल पोग्बाले कायम गरेको किर्तिमान तोड्ने अनुमान गरिएको छ ।

रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन उनलाई अनुबन्ध गर्ने लाइनको अग्रपंक्तिमा रहेका छन् ।

सकरेक्सले जारी गरेको शीर्ष १० युवा खेलाडीहरुको सूची यस्तो रहेको छ । खेलाडीको उमेर, पोजिसन, क्लब, करार अनुबन्ध, मार्केट भ्यालु, अन्तर्राष्ट्रिय खेल, खेलेको समय, गोल, घाइते भएको आदी कारकहरुलाई आधार मानेर यो सूची 

१. डेली अली (टोटनहम हटस्पर्स) – ८ करोड २६ लाख युरो

२. काइलिन एमबापे (एएस मोनाको) – ६ करोड १७ लाख युरो

३. ओसमान डेम्बेले (बोरुसिया डर्टमण्ड) – ६ करोड ९ लाख युरो

४. लेरोय साने (म्यान्चेस्टर सिटी) – ५ करोड ११ लाख युरो

५. मार्को असेन्सियो (रियल म्याड्रिड) – ४ करोड २७ लाख युरो

६. ग्याब्रियल जिसस (म्यानचेस्टर सिटी) – ४ करोड २६ लाख युरो

७. मार्कस रासफोर्ड (म्यान्चेस्टर युनाइटेड) – ४ करोड ६ लाख युरो

८. जियानलुइजी डोर्नुमा (एसी मिलान) – ४ करोड ५ लाख युरो

९. टिमो वेर्नर (आरबी लेप्जिग) – ३ करोड ५६ लाख युरो

१०. किंग्सले कोमान (बायर्न म्युनिख) – ३ करोड ५० लाख युरो


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप