बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : नयाँ मान्छे

शनिबार, १७ कात्तिक २०७५, ०८ : ५४
शनिबार, १७ कात्तिक २०७५

-मिलनकान्छा किराँती     

हो, त्यही प्रश्नले 
बेलाबेला मलाई पनि चिथोर्छ,
तपार्इंलाई जस्तै 

ठीकै थियो अफ्रिका 
मण्डेला किन चाहियो ?
काला–गोरा बीचको विभेद न थियो ।
ठिकै थियो चाइना
माओत्से तुङ किन चाहियो ?
हुनेखाने–हुँदाखाने बीचको वर्ग विभेद न थियो ।
हो, त्यही प्रश्नले 
बेलाबेला मलाई पनि चिथोर्छ,
तपाईलाईजस्तै ।

यस्तैगरी,
ठिकै थियो– इन्डिया, अमेरिका, रुस, जर्मन, 
किन चाहियो– गान्धी, लिङ्कन, लेनिन, माक्र्स ?
थुप्रै थिए– पुराना मान्छे
किन चाहियो नयाँ मान्छे ?
हो, त्यही प्रश्नले 
बेलाबेला मलाई पनि चिथोर्छ,
तपाईंलाई जस्तै !

यस्तैगरी,
ठिकै थियो– नेपालका राजनैतिक शक्ति,
चलाएकै थिए– देश,
कमाएकै थिए– ब्रिफकेस
पाएकै थिए– जनमत,
खाएकै थिए जनताको पसिना–रगत,
थुप्रै थिए– पुराना मान्छे
किन चाहियो नयाँ मान्छे ?
हो, त्यही प्रश्नले 
बेलाबेला मलाई पनि चिथोर्छ,
तपाईंलाई जस्तै ।

तसर्थ,
प्रश्नहरूको पहाड भत्काउन
उत्तरहरूको उमङ्ग बोकेर
नेपालमा उभिएको छ
विश्वभरि उभिएको छ
जहतही उभिएको छ,
वरिपरि उभिएको छ, –एउटा नयाँ मान्छे 
त्यो– म हुँ
म– विकल्प हुँ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप