शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

३ सातापछि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा : सम्बोधनको सुरुमै व्यंग्य

बुधबार, २१ कात्तिक २०७५, १८ : ३१
बुधबार, २१ कात्तिक २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको तीन सातापछि बुधबार पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।  चिकित्सकहरुको परामर्शमै प्रधानमन्त्री ओली महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १० औं जन्मजयन्तिको अवसर पारेर बुधबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा सहभागी  भएका हुन् । 

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पहिलोपटक सार्वजनिक हुनुभएका प्रधानमन्त्री ओलीले सदाझैं व्यंग्य मिश्रित भावसहित भाषण गर्न पनि भ्याए । 

उनले भाषणको सुरुमै सबैलाई प्रमुख अतिथि भनेपछि हल हाँसोले गुञ्जयमान भएको थियो । त्यसअवसरमा प्रधानमन्त्री ओलीले महाकवि देवकोटाजस्तो विद्वान कवि विश्वमा कहीँपनि नभएको पनि स्मरण गरे ।

प्रधानमन्त्री ओलीले महाकवि देवकोटालाई बेगवान कविको रुपमा पनि चित्रण गरे । उनले अत्याधिक धु्रमपान गरेर देवकोटाले गम्भिर भूल गरेको तथ्य पनि त्यस अवसरमा स्मरण गराए ।

कार्यक्रममा साहित्यकारहरुले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वको स्मरण गर्दै कविता बाचन गरेका थिए । यसैबीच, प्रधानमन्त्री केपी ओली आफूहरुले दिएको सुझाव अनुसारनै बुधबारबाट सार्वजनिक कार्यक्रममा सहभागी उल्लेख गर्दै त्यसले कुनै असर नपार्ने वरिष्ठ चिकित्सक अरुण सायमीले बताएका छन् ।

प्रधानमन्त्री ओलीसँगै महाकवि देवकोटाको जन्मजयन्ती कार्यक्रममा पुगेका उनले कला र साहित्यमा मरिमेट्ने प्रधानमन्त्री ओलीलाई धेरै नबोल्न भने पुनः सुझाव दिए ।  प्रधानमन्त्री ओली छातिमा समस्या देखिएपछि तीन साताअघि महाराजगंजस्थित मनमोहन भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप