दाजुभाइ तथा दिदीबहिनी नहुनेले रानी पोखरी पुगेर लगाए भाइटीका
काठमाडौं–रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले एकअर्कालाई भाइटीका लगाएका छन् ।
आफना दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा गएर टीका लगाउने भएकाले मन्दिर परिसरमा भीड लागेको छ ।
हरेक वर्ष भाइटीकाको दिनमा मात्रै खुल्ने काठमाडौंको रानीपोखरीको बीचमा रहेको यमलेश्वर बालगोपाल मन्दिर पनि खुला भएको छ ।
भाइटीकाको दिनमा दाजुभाई नहुने दिदी बहिनी र दिदी बहिनी नहुने दाजुभाई टिका थाप्न आउने हुदा बिहानैदेखि मन्दिर खुला गरिएको हो ।
राजा प्रताप मल्लले बनाएको यो मन्दिर आज दिनभर नै खुला रहनेछ । आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात राजा प्रताप मल्लले शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले बि.स १७२७ मा उक्त पोखरी निर्माण गरेका थिए ।
पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए ।
गोरखा भूकम्पका कारण मन्दिर क्षतिग्रस्त भएपछि मन्दिर परिसर बाहिर नै भाइटीका लगाइएको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनर्निर्माण हुने विषय अझै अन्यौलमा रहेको छ ।
भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनःनिर्माण हुन नसक्दा मन्दिरको मूलढोकामै भाइ टिका लगाउने व्यवस्था गरिएको हो । काठमाडौंको मुटुमा रहेको रानी पोखरी ६२ रोपनी क्षेत्रफलमा फैलिएको छ । अहिले रानीपोखरी पानी सुकेको खेत जस्तो उजाड देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’