मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति महिला उत्थान कार्यक्रममा उत्कृष्ट महिला पुरस्कृत

सोमबार, ०९ साउन २०७४, ११ : १७
सोमबार, ०९ साउन २०७४

जुम्ला । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सञ्चालित तीनमहिने मोबाइल मर्मत तथा हाते होजियारी तालीममा यहाँका पाँच उत्कृष्ट महिला पुरस्कृत भएका छन् । 

महिला तथा बालबालिका कार्यालय जुम्लाको आयोजनामा आइतबार पाँच उत्कृष्ट महिला पुरस्कृत भएका हुन् ।

पुरस्कृत हुने महिलामा मोबाइल मर्मतमा उत्कृष्टता देखाउने अष्टा भण्डारी र राज्यदेवी बुढा तथा हाते होजियारीमा राम्रो सीप प्रदर्शन गर्ने नीमा पुटिन लामा, सरिता भारती र रीता रोकाया रहेका छन् । उत्कृष्ट हुने पाँचै जनालाई निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जनही रु तीन/तीन हजार नगद र प्रमाणपत्र प्रदान गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप