टिभी किन्न घुस माग्ने डिएसपी राईलाई छाड्न आदेश
बिहीबार, २९ कात्तिक २०७५, १७ : १२
काठमाडौं– विशेष अदालतले डिएसपी श्यामकुमार राईलाई छाड्न आदेश दिएको छ । एक महिनाअघि बालुवा व्यापारीसँग १ लाख ४० हजार घुस लिँदालिँदै रंगेहात पक्राउ परेका डिएसपी राईलाई घुस बराबरको धरौटी रकम लिएर छाड्ने आदेश दिएको हो ।
महानगरीय प्रहरी बृत्त बौद्दका तत्कालीन प्रमुख रहेका राईलाई बालुवा व्यापारीसँग घुस लिँदालिँदै अख्तियारले रंगेहात पक्राउ गरेको थियो ।
न्यायाधीशहरु द्वारिकामान जोशी, रतन्बहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले डिएसपी राइलाई छाड्ने आदेश दिएको हो । डिएसपी राईले टिभी खरिद गर्नका लागि रकम मागेको समेत आरोप लागेको छ । उनले काठमाडौंको बौद्द क्षेत्रमा चन्दा असुली गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी समेत परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा