शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय परिचयपत्र पाउने पहिलो नागरिक भइन् १०१ वर्षीया भगवती, पाँचथरबाट शुरु भयो वितरण

सोमबार, ०३ मङ्सिर २०७५, १४ : ४९
सोमबार, ०३ मङ्सिर २०७५

काठमाडौं– पाँचथरको फिदिमकी स्थायी बासिन्दा १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्दै बहुउपयोगी राष्ट्रिय परिचयपत्र वितरण सोमबारबाट शुरु भएको छ ।

गृह मन्त्रालयले पाँचथरको फिदिममा आयोजना गरेको ‘राष्ट्रिय परिचयपत्र वितरण राष्ट्रिय समारोह’ मा प्रमुख अथितिको रुपमा उपस्थित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेका छन् ।

परिचयपत्र प्रदान गरेपछि गृहमन्त्री थापाले उनै भगवतीदेवी भण्डारीबाट आफ्नो नाममा जारी भएको राष्ट्रिय परिचयपत्र लिएका छन् ।

२०६७ सालदेखि अवधारणगत रुपमा अगाडि आएको रष्ट्रिय परिचयपत्र पहिलो चरणमा पाँचथर र सिंहदरबार भित्रका कर्मचारीलाई वितरण गरिने गृहमन्त्रालयले जनाएको छ ।
सरकारले वितरण शुरु गरेको राष्ट्रिय परिचयपत्रमा नागरिकका व्यक्तिगत र जैविक सुचना संकलन गरिनेछ ।

नागरिकलाई राष्ट्रिय परिचय नम्बर र बायोमेट्रिक प्रविधि सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिएको गृहमन्त्रालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप