मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सुनौला हजार दिने संचार अभियान तिव्र

सोमबार, ०९ साउन २०७४, २० : २९
सोमबार, ०९ साउन २०७४

माधव बेल्वासे


चन्द्रौटा सुनौला हजार दिने संचार अभियानले कपिलवस्तुमा तिव्रता पाएको छ । जिल्लाका २५ साविक गाविसहरुका अभियान संचालन गरिएको  जिल्ला संयोजक राजन पुडासैनिले वताए । महिला गर्भवति भए देखि वच्चा जन्मिएको २ वर्ष अवधिका वालवालिका हरुको लागि स्वस्थ र समृद्ध भविष्य निर्धारण गर्ने र वालवालिकाको ८० प्रतिशत दिमाग विकाश यसै अवधिमा हुने भएकाले यस अवस्थलाई महत्वपुर्ण मानिएको छ ।
न्युन पोषणका कारण विश्वभर नै वालवालिकाको मृत्यु प्रमुख कारण वनेको छ । गर्भवती महिला र पोषण खानाको कमि भएका वालवालिकाहरु मृत्यु तथा वौद्धिक र शारीरिक कमजोर हुने गरेको छ ।


कपिलवस्तुमा संचालन रहेको अभियानमा मधेश वाहुल्यता रहेको साविक थुनिया गाविसमा यस अभियानको प्रभाव परेको छ । पोषण, सरसफाई लगाएतका विषयलाई प्राथमितकताका साथ नागरिकहरुलाई जानकारी गराउदा प्रभाव परेको हो । सामाजिक विकाश तथा प्रवद्धन केन्द्र द्धारा संचालित उक्त अभियानलाई सफल वनाउन सवैले सहयोग गर्न संयोजक पुडासैनीले आग्रह गरे ।


आमा र वालवालिकाले आवश्यक पर्ने भिटामिन र खनिजहरु उनिहरुले खाने खानामा सुनिश्चि गर्ने, शिशुलाई स्तनपान उपयुक्त स्वस्थ खाना खाएमा पोषण अवस्थामा सुधार ल्याउन सकिने फिल्ड सुपरभाईजर वसन्ता पौडेलले वताईन ।


साविक गाविस भित्र रहेको विभिन्न स्वास्थ आमा समुह,कृषि समुह,वाल क्लव ,युवा क्लव लगाएतका संघ सस्था सग सवन्वय गरेर स्थानिय नागरिकहरुलाई १००० दिन भित्रको अवधिको वारेमा जानकारि गराइएको फिल्ड सुपरभाईजर वसन्ता पौडेलले वताईन ।गर्भवति महिलालाई प्राथमिकतामा राखेर पोषणयुक्त खानाको वारेमा घरमै पुगि जानकारि गराइरहेको पौडेलले वताईन । शिक्षाको कमि ,गरिविका कारण ले गर्दा महिलाहरुलाई पोषण सवन्धि जानकारि नहुदा स्थानिय महिलाहरुलाई समस्य परेको र अभियानले गर्दा केहि सिक्ने अवशर पाएको स्थानिय महिला सुसिला मुराउले वताईन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप