मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

साउने सोमबार पशुपति दर्शनमा प्रधानसेनापति क्षेत्रीदेखि   प्रधानन्यायधीशसम्मले गरे विशेष पुजा

सोमबार, ०९ साउन २०७४, २० : ५५
सोमबार, ०९ साउन २०७४

काठमाडौँ – साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा पौने दुई लाख भक्तजनले दर्शन गरेका छन् । 

साउने सोमबारको अवसर पारेर प्रधानसेनापति राजेन्द्र क्षत्रीले पशुपति मन्दिरमा विशेष पूजा गरेका छन् । प्रधानसेनापति क्षत्रीले लघु रुद्राभिषेकसहित पशुपतिनाथ मन्दिरमा रु ११ हजारको विशेष पञ्चामृत पूजा गराएको कोषले जनाएको छ । 

प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीले पनि मन्दिरमा दर्शन गरेको कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए । मन्दिरमा आज पनि उत्तर, पश्चिम र दक्षिण ढोकाबाट प्रवेश गरी भक्तजनले दर्शन गरेका छन् । पशुपतिमा विशेष पूजाका लागि आर्यघाटबाट पूर्व ढोकातिर पठाउने व्यवस्था मिलाइएको उनले बताए । 

पशुपतिमा विशेषगरी महिला भक्तजनको भीड थियो । विवाहित नारीले साउनको सोमबार व्रत गरी शिवालयमा दर्शन गरेमा अटल सौभाग्य र अविवाहितले व्रत गरेमा चिताएको वरवधु प्राप्त हुने धार्मिक विश्वास छ । 

सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिमा जल चढाउनेको पनि आज भीड लागेको थियो । यसैबीच पन्ध्र दिन अघिदेखि बिग्रिएको शवदाह गृह यन्त्रको मर्मत भइरहेकाले एक हप्तामा सञ्चालनमा ल्याउने तयारी गरिएको कोषले जनाएको छ । रासस 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप