शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पुनः सुरु हुँदैछ द कपिल शर्मा शोः टिजर सार्वजनिक, शाहरुख खान पहिलो पाहुना

बुधबार, १२ मङ्सिर २०७५, १० : ५३
बुधबार, १२ मङ्सिर २०७५

द कपिल शर्मा शो पुनः एकपटक मानिसहरुलाई हँसाउने प्रतिबद्धतासहित टेलिभिजनमा सुरु हुँदैछ । सोनी टेलिभिजनले कार्यक्रमको टिजर सार्वजनिक गरेको छ ।

शाहरुख खान, कट्रिना कैफ र अनुष्का शर्माको फिल्म जिरो २१ डिसेम्बरमा रिलिज हुने तयारीमा छ । यो फिल्मको प्रोमोशनका लागि यी तीनै कलाकार कपिलको कार्यक्रममा जाने बताइएको छ ।  यद्यपी, पहिलो एपिसोडका लागि सलमान खानको नाम पनि सार्वजनिक भएको थियो ।

कपिलले मार्च सन् २०१८ मा फ्यामिली टाइम विद कपिलबाट फिर्ता हुने कोसिस गरेका थिए तर तीन एपिसोड अनएयर भएपछि नै कार्यक्रम बन्द भएको थियो । तर कपिल शर्माको बिग्रदों स्वास्थ्य र गैर–व्यवसायिक व्यवहार देखाउँदै कार्यक्रम बन्द गरिएको थियो । आफू ठिक भएपछि उनी चाँडै नै टेलिभिजनमा फिर्ता हुने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप