शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कुसोम वार्षिक महोत्सव औपचारिक रुपमा सुरु

शुक्रबार, २१ मङ्सिर २०७५, १५ : १६
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौं- नेपालकै सबैभन्दा ठूलो मानिने शैक्षिक मेला ‘कुसोम वार्षिक महोत्सव (कुसोम एनुएल फेस्टिबल–केएएफ)’ सुरु भएको छ । कलेजका डिन प्रा.डा.विजय के.सी., फ्याकल्टी सदस्यहरु र विद्यार्थीको उपस्थितिमा डसेम्बर २ मा महोत्सव औपचारिक रुपमा प्रारम्भ भएको हो । 

आयोजकका अनुसार महोत्सवमा तीन प्रमुख थिम– ‘ह्वी केयर’(हामी ख्याल गर्छौं), ‘ह्वी कोलावोरेट’(हामी सहकार्य गछौं) र ‘ह्वि सेलिब्रेट’(हामी रमाउछौं) भित्र रहेर विभिन्न कार्यक्रमहरु आयोजना गरिनेछन् । महोत्सवले निर्धारण गरेको यी थिमहरु झल्काउने विभिन्न कार्यक्रमहरु डिसेम्बर महिनाभर एक महिनासम्म आयोजना हुनेछन् । 

महोत्सवमा नेपालभरका विश्वविद्यालय, कलेजका विद्यार्थीहरु समेट्ने प्रयास भइरहेको आयोजकहरुले बताए ।  महोत्सवका मुख्य संयोजक रामराज रोनिल शर्मा र सोनाली अग्रवाल हुन् । उनीहरु दुवैजना कुसोमका पूर्व विद्यार्थीहरु हुन् । उनीहरुले यो महोत्सवमार्फत विभिधताको वातावरणमा कुशलतापूर्वक काम गर्ने स्वस्थ संस्कार निर्माण गर्ने सन्देश प्रवाह गर्न खोजेको बताए । 

महोत्सव अन्तर्गत डिसेम्बर ९(मंसिर २३) मा रक्तदान कार्यक्रम आयोजना हुँदैछ । करपोरेट समाजिक उत्तरदायत्व र समाजलाई केही दिने कुराको मूल्यलाई मनन् गर्दै गरिएको यस कार्यक्रम रेडक्रस सोसाइटीको सम्बद्धतामा कुसुमको प्राङ्गणमा हुनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप